कलाकार कामेश्वर चौरासियासँग जोडी बाध्दै नायिका रेखा थापा

rekha thapa medianp 1काठमाडौं, २८ बैशाख । नायिका रेखा थापाको कलाकार कामेश्वर चौरासियासँग जोडी बाधिने भएको छ । नायिका थापा र चौरसियाको जोडी बाध्ने काममा अग्रसर भएकी छन् निर्मात्री कृषा चौलागाई । जेठ १ गतेबाट छायाँकनमा जाने फिल्म ‘पलाँस’मा रेखा र कामेश्वरको जोडी बाहिरिने भएको हो । ‘रेशम फिलिली’ चलचित्रबाट चर्चामा आएका कामेश्वर र रेखा पर्दामा कुन रुपमा कुन कथामा सँगै देखिदै छन् त्यो भने खुलाईएको छैन् । फिल्मस्को ब्यानरमा सुवास कोइरालाले निर्देशन गर्ने यो फिल्ममा नायक अयुव केसी पनि मुख्य भूमिकामा देखिनेछन् । सुसन प्रजापतिको छायांकन रहने फिल्ममा चल्तिका संगीतकार अर्जुन पोख्रेलले संगीत गर्ने भएका छन् । विरगञ्जमा छायाँकन हुने यो चलचित्र मार्फत नायिका थापा अहिलेसम्म प्रस्तुत नभएको भूमिकामा देखिने निर्माण पक्षको भनाई छ । सानु कुमार श्रेष्ठको एक्सन रहने यो फिल्मको कथाबस्तुलाई लिएर नायिका थापा पनि उत्साहित रहेकी निर्मात्री चौलागाई बताउँछिन् ।

0 comments

Write Down Your Responses