सेक्सी छवि बनाएकी मल्लिकाले गरिन् बिहे ...
वैशाख २७, २०७३- सेक्सी छवि बनाएर बलिउडमा टिकिरहेकी ‘मर्डर’ नायिका मल्लिका सेरावतले विवाह गरेकी छन् । यसअघि प्रिटी जिन्टाले पनि त्यति होहल्ला नगरी बिहे गरेकी थिइन् ।
मल्लिकाले पेरिसका रियल स्टेट बिजनेस चलाइरहेका सिरेल अग्जनफेन्ससँग विवाह गरेकी हुन् । विवाहबारे मल्लिकाका पिता मुकेश लाम्बाले पुष्टि गरेका हुन् ।
त्यसो त विवाहका कुनै पनि फोटोहरू हालसम्म सार्वजनिक गरिएको छैन । केही समयदेखि मल्लिका सिरेलसँग नियमित डेटिङमा थिइन् । मुकेशले भने विवाहलाई गुपचुप राखिएका बारेमा आफूलाई खास कारण थाहा नभए पनि छिटै रिसेप्सन दिन सक्नेतर्फ संकेत भने गरे ।
मल्लिकाले केही दिनअघि मात्रै प्रेमी सिरेलसँगको फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै प्रेमभावमा लेखेकी थिइन्, ‘कसैसँग प्रेममा डुबेको महसुस तब हुन्छ जब आफूले माया गरेको मान्छेले पनि आफूलाई उत्तिकै माया गर्छ ।’
त्यसो त उनले प्रेम गर्नु संसारकै सर्वोत्तम अनुभव भनी टिप्पणी पनि गरेकी छन् ।
हाल डनियल लीद्वारा निर्देशित हलिउड फिल्म ‘द लास्ट टम्ब’ मा खेल्ने तरखरमा रहेकी मल्लिकाको सिरेलसँगको प्रेम भने गएको भ्यालेन्टाइन डेपछि घनीभूत भएको बताइन्छ । उक्त दिनमा सिरेलले आफ्नी प्रेमिकालाई लक्जरी कार उपहार दिएपछि ३९ वर्षीया नायिकाको खुसीले भुईंमा खुट्टा थिएन ।
‘
ख्वाहिश’ मार्फत सन् २००३ मा बलिउडमा पाइला चालेकी मल्लिकाको सिरेलसँगको विवाह भने दोस्रो हो । पहिलो विवाह उनले फिल्म क्षेत्रमा आउनुअघि नै पन्जाबका क्याप्टेन कर्ण गिलसँग सन् १९९७ मा गरेकी थिइन् । जुन सम्बन्ध चार वर्ष पनि बित्दा नबित्दै टुंगिएको थियो ।


0 comments
Write Down Your Responses