सोनाक्षी स्वागतमा सेनाले मर्यादा बिर्सियो :राजेश हमाल

rajesh hamal1काठमाडौ । त्रिभुवन विमानस्थलमा शुक्रबार बलिउड हिरोइन सोनाक्षी सिन्हालाई नेपाली सेनाका जर्नेल स्वागत गरेको बिषयमा अभिनेता राजेश हमालले निराशा व्यक्त गरेका छन् । भूकम्पपीडितको सहयोगको लागि सैनिक श्रीमती संघले आयोजना गरेको च्यारिटी कार्यक्रममा भाग लिन आएकी भारतीय नायिका सोनाक्षी सिन्हालाई सेनाका जर्नेल समीर शाहीले एयरपोर्टमा पुगेर स्वागत गरेका थिए । सेनाको जर्नेलले नै एक नायिकालाई एयरपार्टमा स्वागत गरेको बिषयमा लिएर हमालले आफ्नो फेसबुकबाट निराशा व्यक्त गरेका छन । उनले लेखेका ‘नेपाली सेना देशको गौरव हो । तर यो समाचार बढेपछि देशको एउटा नागरिकका रुपमा मेरो गौरव चकनाचुर भएको छ । ‘देशको एउटा विनम्र कलाकारका रुपमा मैले हिनतावोध गरेँ । यदि उनीहरुलाई विदेशबाट आएका कलाकारलाई स्वागत गर्नु नै थियो भने सादा पोशाकमा गर्न सक्थे ।’ भनेर लेखेका छन । यस अघि पनि सोनाक्षीलाई जर्नेलेले नै स्वागत गर्नुलाई सुरक्षा मामिलाका बिज्ञहरुले उक्त कार्यलाई सेनाको ‘प्रतिष्ठा घटाउने’ र ‘मनोबल गिराउने’ भनी टिप्पणी गरेका छन्। कन्सर्टमा भाग लिन आएकी भारतीय अभिनेत्रीलाई विशिष्ट सैनिक अधिकारीले स्वागत गर्नु र उनीहरूको कन्सर्टमा व्यापक मात्रामा सैनिक परिचालन गरी अधिकृतहरूसमेत संलग्न हुनु सैनिक ऐनको उल्लंघन भएको बताइएको छ ।rajesh hamal

0 comments

Write Down Your Responses