सलमान र शाहरुखको टर्यो भिडन्त,सलमान संग फिल्म नजुधाउने शाहरुखको चाहना ...

1शाहरुख खान र सलमान खानको भिडन्त टरेको छ ।शाहरुख खान लगायत फिल्म रइसको युनिटले फिल्मको रीलिज डेट जनवरी २६मा सारेपछि सलमान र शाहरुखको टक्करको अन्त्य भएको हो ।फिल्म रीलिजको लागि राम्रो मानिदै आएको इदमा दुइ खानका सुल्तान र रइस भिड्ने तय भएको थियो ।इदमा किक ,बजरंगि भाइजान रीलिज गर्दै इदलाइ लक्की साबित गरेका सलमान संग भिड्नु बुद्धिमता नहुने सम्झेर नै रेड चिल्ली इन्टरटेनमेन्ट,फरहान अख्तर,रितेश सिधवानी लगायतको टिमले फिल्मलाइ नजुधाउने निर्णय गरेका हुन ।शाहरुखले उनको असल साथि सलमान संग टक्कर गर्ने चाहना नभयर नै फिल्मको रीलिज डेट हेर फेर गरीएको र रीलिज डेट अगाडि ल्याउन झन चुनौती पुर्ण हुने भएकाले पछाडी सारीएको बताएका छन ।रइसमा नशालु पदार्थको तस्कर रइस खानको कथा लाइ शाहरुखले पर्दामा प्रस्तुत गर्दै छन ।भने सलमान चाही पहलमानको कथामा आधारीत सुल्तानमा पहलमान कै भुमीकामा देखीदै छन ।

0 comments

Write Down Your Responses