१९ वर्षीया किशोरीले पेरिस्कोपबाट लाइभ देखाउँदै गरिन् आत्महत्या ...!!
'यो कुनै हल्लाखल्ला गर्नका लागि हुन लागेको होइन, प्रतिक्रिया दिनका लागि हो ता कि दिमाग खुलोस्,' आत्महत्या पूर्व पेरिस्कोपबाट उनले बताइरहेकी थिइन्। करिब ४ बजे यस्तो घटना भएको थियो। लामो कपाल र र खैरो आखा भएकी किशोरीले आफूलाई लाइभ फलो गरिरहन भनिरहेकी थिइन्।
'जे मैले भन्नेछु त्यो हुनेछ। जे हुँदैछ त्यो धेरै नै सकिङ हुनेछ,' उनले लाइभमा भनेकी छिन्।
त्यसपछि उनले धम्की पनि दिइन्, 'कम उमेरकाले यो हेरिरहेको हो भने हेर्न छोड्नु।'
'म यो तहमा पुगेको छु कि यहाँबाट मेरासामु कुनै इच्छा छैनन्, मलाई केहीले पनि आनन्द दिन सक्दैन, मलाई कुनै पनि कुराले बिहान उठ्न बल दिँदैन।'
स्मार्टफोनमा प्रयोग हुने पेरिस्कोपबाट लाइभ भिडियो स्ट्रिमिङ गर्न सकिन्छ।
यसलाई ट्विटरबाट पनि रिले गर्न सकिन्छ। भिडियो हेर्नेले यसलाई लाइक गर्न र कमेन्ट दिन पनि सक्छन्।
यो भिडियो उनको मृत्युको २४ घन्टा अन भइरह्यो। त्यसपछि यसलाई अफ लाइन गराइयो।
फ्रान्सेली किशोरीको आत्महत्याको अनाउन्समेन्ट लगत्तै धेरैले उनलाई त्यसो नगर्न अनुरोध गरेका थिए। उनले प्रत्युत्तरमा भनेकी थिइन्, 'मैले जीवनमा कहिल्यै पनि आत्महत्या गर्छु भन्ने सोचेको थिइन्। स्टप द्याट।'
यो घटनाको फाइनल भिडियो भने योङ विमन्स फाइनल मिनट्स भनेर युट्युवमा अपलोड भएको थियो।
उनलाई लाइभ हेरिरहेका मध्ये केहीले प्रहरीलाई खबर गरेका थिए। सुरक्षाकर्मीले अफ गरेपछि मात्र उनले देखाएको लाइभ सकिएको थियो।

0 comments
Write Down Your Responses