अनुष्काले छाडेपछि विराटसँग हट नायिका पुनम पाण्डेको चक्कर

poonam-pandey-virat-kohliमुम्बई । अभिनेत्री अनुष्का शर्माले छाडेपछि हाल सिंगल रहेका क्रिकेटर विराट कोहलीसँग बलिउड हट नायिका पुनम पाण्डेले चक्कर चलाएकी छिन् । आफ्ना वयान र न्यूड फोटोका कारण चर्चामा रहेन पुनमले विराटलाई आफ्नो नामसँग जोड्दै प्रेम प्रस्ताव समेत राखेकी छिन् । उनले भनेकी छिन्– ‘भारतीय टेस्ट क्रिकेट टीमका कप्तान तथा इण्डियन प्रिमियर लिग आईपीएल सिजन ९ को रोयल च्यालेञ्जर्स बेंलोरका कप्तान विराट कोहलीलाई म प्रेम गर्छु । उ मनदेखि उनलाई चाहन्छु । विराटलाई सबैले चाहन्छन् र प्रेम गर्छन् तर, म मनैदेखि विराटलाई माया गर्छु र चाहन्छु ।’ पुनमले यो वयानभन्दा पहिला पनि यस्तै वयान दिइसकेकी छिन् जसबाट विराटका लागि उनको मनमा अप्रत्यक्ष रुपमा प्रेम रहेको झल्किएको थियो । पुनमले यसअघि टी–२० विश्वकप क्रिकेट म्याचमा अष्ट्रेलियामाथि भारतको जितमा कोहलीको उत्कृष्ट प्रदर्शनका लागि विशेष गिफ्ट दिएकी थिइन् । अभिनेत्री अनुष्का शर्मासँगको प्रेम सम्बन्ध विच्छेद भएपछि विराट अहिले एक्लै छन् । उनलाई पुनमसहित अन्य हिरोइनले पनि सार्वजनिक रुपमै प्रेम गर्छु भनेका छन् ।

0 comments

Write Down Your Responses