सनी लियोनको विचित्रको सर्तले सबै आश्चर्यमा ....

घोडाले घाँससँग मित्रता गरे के खाला ? यस्तै स्थिति पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोन स्वयमले उत्पन्न गराएकी छन् । खबरअनुसार सनी लियोनले चलचित्र साइन गर्नुअघि एउटा सर्त राख्ने निर्णय गरेकी छन् । निर्माता–निर्देशकलाई उनको सर्त मञ्जुर भए मात्र उनले चलचित्र साइन गर्ने भएकी हुन् । उनको यो सर्तका कारण उनकै करिअर खतरामा परेको छ। सनी लियोनले आफ्नो सम्झौतामा ‘नो किसिङ क्लज’ उल्लेख गर्ने तयारीमा छिन् अर्थात उनी लिप लक दृष्य नदिने तयारीमा छिन् । यसबाट निर्माताहरु उल्झनमा पर्ने भएका छन् जो सनी लियोनलाई आफ्नो चलचित्र तयारमिा थिए । बिना हट दृष्यको सनी लियोनका साथ चलचित्र बनाउनु सम्भव छ ? दिपिका र प्रियंकाजस्ता अभिनेत्री किसिङ सिन दिन कुनै आपत्ति जनाउँदैनन् भने हट सनी लियोनको यो आपत्तिले सबैलाई आश्चर्यमा पारेको छ। एजेन्सी

0 comments

Write Down Your Responses