प्रचण्डलाई जेल हाल्ने यसरी भयो तयारी ...!
काठमाडौं, ४ जेठ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सोमबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।
दाहाललाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्न मागसहित अधिवक्ता दिनेश त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
दाहालले गत शनिवार एक अभिव्यक्तिमार्फत् द्वन्द्वकालीन मुद्दामा अदालतले गरेका निर्णयको अवज्ञा गरिएको दाबी त्रिपाठीको छ ।
‘अदालतले दिउँंसै रात पार्न खोजेको’, ‘आफूहरुले अदालतको आदेश नमान्ने,’ तथा ‘के हो अदालत ?’ भन्ने प्रश्न गर्दै द्वन्द्वकालीन मुद्दाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगले गनुपर्ने भनाई राखेको प्रश्न पनि निवेदनमा उठाइएको छ ।


0 comments
Write Down Your Responses