यस्तो फाइदा ले गर्दा आयुर्वेदिक र जडिबुटीप्रति सर्वसाधारणको आकर्षण बढ्दै ....
आयुर्वेदिक र जडिबुटीबाट हुने उपचारमा आम सर्बसाधारणको विश्वास बढेको छ स्वास्थ्य अनुसन्धान परिषदले पनि जडिबुटीबाट हुने उपचारमा थप अनुसन्धानको लागि बढी प्रथामिकता दिएको देखिन्छ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ लुभुस्थित त्रिपिंगेश्वर महादेवस्थान नजिकैको आयुर्वेदिक उपचार परामर्श केन्द्रमा जडिबुटीबाट उपचार गराउन आउने बिरामीको भींड नै लाग्ने गर्छ ।
नेपाल जडिवुटिमा पनि सम्पन्न छ । तर विडम्बना नेपालमा उत्पादन हुने जडिबुटिहरुबाट नेपालले कुनै फाइदा लिन सकिरहेको छैन । स्वदेशमा औषधिका लागि पर्याप्त जडिबुटी उत्पादन हुनेगरेपनि हामीले तेस्रो मुलुक हुँदै केमिकल औषधीको रुपमा महंगो मुल्यमा किन्नुपर्ने अवस्था छ । जडीबुटीले रोगलाई सधैका लागि निर्मुल पार्ने कुरा नबुझेर हामीले विभिन्न केमीकल युक्त औषधीहरु प्रयोग गरिरहेका हौ ।
यद्यपी पछिल्लो समयमा भने नेपालमा नै उत्पादन भएका जडीबुटीहरुबाट निर्मीत आयुवेर्दीक औषधीहरु पनि प्रयोगमा आउन थालेका छन् । नेपालमा मात्र होइन विदेशमा समेत यसको माग बढ्दै गइरहेको छ । आयुर्बेद उपचार केन्द्रमा पुग्ने अधिकांश बिरामीले ठुला अस्पतालमा निको नभएका रोगहरु पनि आयुर्वेदिक उपचारबाट निको भएको बताउने गरेका छन् ।
क्यान्सरदेखि हेपाटाइटिससम्मका औषधि जडिबुटी बाट बनाएर स्वास्थ्य क्षेत्रलाइ चुनौती दिएका यस्ता रोग निको हुन् थालेपछि आयुर्वेदिक परामर्श केन्द्रका कृष्ण पोख्रेललाई भ्याइ नभ्याई छ । बिगत १४ बर्ष देखि जडिबुटीबाट औषधि उत्पादनमा काम गरेका पोखरेलको अनुभब यस्तो छ ।
आयुर्वेदिक औषधि पद्धति भनेको दिर्घकालीन रुपमा नै रोग निको हुने र कुनै साइडइफेक्ट हुदैन । यसमा ढिलो भएपनि साइड इफेक्ट विना नै सधैका लागि ठिक हुने भन्ने चेतना बढेकाले आयुर्वेदिक चिकित्सालयमा विरामीहरुको चाप बढिरहेको छ ।


0 comments
Write Down Your Responses