मौसमविद भन्छन्, भोलिदेखि लगातार तीनचार दिनसम्म झरी पर्छ ..
काठमाडौं, वैशाख २० – मंगलबारदेखि देशभर पानी पर्ने मौसमविदले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार बंगालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्युक्त हावा र पश्चिमी वायूको प्रभावका कारण भोलिदेखि लागातार ३/४ दिनसम्म पानी पर्ने सम्भावना छ ।
सोमबार पश्चिमी क्षेत्रका केही ठाउँमा पानी पर्ने उहाँले बताउनुभयो । लामो खडेरीपछि पानी पर्न लागेकाले गर्मी केही कम हुने र खेतीबालीलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।
बंगालबाट आएको जलवाष्पयुक्त हावाले गर्दा जमिन भिज्ने गरी झरी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । अहिले काठमाडौं उपत्यका सहित देशको पूर्वी र मध्य क्षेत्रको मौसम बद्ली भएको छ ।


0 comments
Write Down Your Responses