मोदीको जीवनको अर्काे गोप्य कुरा खुल्यो, भारतीय नेताहरु चकित ....

काठमाडौं, १९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनकै एउटा गोप्य कुराको खुलासा भएको छ । जून यसअघि कसैलाई थाहा थिएन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निर्देशनमा भारतीय अधिकारीहरुले मोदीको नखुलेको जीवनकै गोप्य कुरा पत्ता लगाएका हुन् । त्यो हो मोदीको शैक्षिक योग्यता । जून प्रधानमन्त्री भइसकेपछि पनि मोदीले लुकाएर राखेका थिए । प्रधानमन्त्री भइसकेपछि चिया बेचेदेखि राजनीति सुरु गरेसम्मका उनका जीवनका सबै अनुभव र योग्यताहरु सार्वजनिक भए । तर, उनको शैक्षिक योग्यताकाबारेमा देश विदेशका जनताका जान्न आतुर थिए । त्यो खुलाइएन् । तर, यो विषयलाई लिएर दिल्लीका सीएम केजरीवालले सूचना आयुक्तसँग यसको जानकारी मागेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार केजरीवालले सूचना मागेपछि मोदीको शैक्षिक योग्यता सार्वजनिक भएको हो । जसअनुसार मोदी औसतमा राम्रा विद्यार्थी थिए र पोलिटिकल साइन्स (राजनीतिशास्त्र)मा मास्टर्स पास गरेका छन् । यति मात्रै होइन् मोदीले फर्स्ट डिभिजनमा मास्टर्स पास गरेका छन् । केन्द्रीय सूचना आयोग (सिआईसी)ले शुक्रबार दिल्ली विश्वविद्यालय र गुजरात विश्वविद्यालयलाई निर्देशन दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीको डिग्री (शैक्षिक योग्यता)का सम्बन्धी सूचना दिल्लीका मुख्यमन्त्री केजरीवाललाई उपलब्ध गराउन भनेको थियो । सूचना आयुक्त श्रीधर आचार्युलुका अनुसार मोदीले दिल्ली र गुजरात युनिवर्सिटीबाट डिग्री गरेको पाइएको छ । ६२ प्रतिशत भन्दा बढी थियो नतिजा मोदीले गुजरातमा पढ्दा निकै मेहनती विद्यार्थी थिए । गुजरात युनिवर्सिटीले उपलब्ध गराएको जानकारीहरु हेर्दा मोदीले १९८३ मा पोलिटिकल साइन्समा मास्टर्सको नतिजामा ६२.३ प्रतिशत ल्याएर पास गरेका थिए । भारतीय नेताहरु चकित समाचार अनुसार मोदीको शैक्षिक योग्यता सार्वजनिक भएपछि दिल्लीका नेताहरु अचम्मा परेका छन् । उनीहरुले चिया बच्ने व्यक्तिले कसरी मास्टर्स पास गरे भनेर सोचिरहेका छन् ।

0 comments

Write Down Your Responses