एमाओवादीका १५ नेताका चीन प्रस्थान, को-को गए ?

काठमाडौँ, २७ वैशाख । चिनियाँ कम्युनिस्ट पार्टी, विदेश विभागको निमन्त्रणमा एकीकृत नेकपा(माओवादी)को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ ।एमाओवादीका विदेश विभाग सदस्य युवराज चौलागार्इंका अनुसार पार्टीका स्थायी समिति सदस्य चन्द्रप्रकाश खनालको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल आज एयर चाइनाको जहाजबाट त्यसतर्फ प्रस्थान गरेको हो । चीन जाने टोलीमा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, केन्द्रीय सदस्य प्रकाश पोखरेल र हकिकुल्ल खाँ, अखिल (क्रान्तिकारी)का अध्यक्ष रमेश मल्ल, पत्रकार विवेक गौतम, पार्टीका नेताहरु सुनिलकुमार पौडेल, दुर्गाप्रसाद चापागार्इं, विशाल शर्मा, युवराज भण्डारी र लोकबहादुर बोहोरा, नेत्री विमला केसी, कमला नहर्की र प्रमिला पुलामी छन् । प्रतिनिधिमण्डल चीनको कुइयाङ प्रान्तमा आयोजना गरिने पर्वतीय पर्यटन मेलामा सहभागी हुने कार्यक्रम छ । चीनमा रहँदा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टी, विदेश विभागका नेतासँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल आगामी जेठ ६ गते स्वदेश फर्कने छ । dainiknepal

0 comments

Write Down Your Responses