प्रचण्ड छिट्टै प्रधानमन्त्री बन्ने यसरी भएको छ गोप्य सहमति ...

काठमाडौं, २४ वैशाख । कांग्रेसको समर्थनमा आफैँ प्रधानमन्त्री बन्ने कसरतमा लागेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा केपी ओलीकै सरकारलाई निरन्तरता दिने निर्णय गरी बाम नेतृत्व तथा वर्चस्वको सरकारलाई जीवनदान दिएका छन् । यही सरकारलाई निरन्तरता दिन सत्तासीन दल एमाले र एमाओवादीबीच बिहीवार राति ९ बुँदे सहमति पनि भएको छ । प्रचण्डको मन र निर्णय परिवर्तनभित्र केही रहस्य लुकेको अथवा निकट भविष्यमै ओलीले राजीनामा गरी प्रचण्डलाई आफ्नो उत्तराधिकारीका रुपमा समर्थन गर्ने सहमति भएको प्रचण्ड निकट सहयोगीहरु बताउँछन् । सदनमा एमाओवादी मन्त्रीहरुको राजीनामा र प्रचण्डद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता लिने घोषणा प्रतिक्षा भइरहेको बेला उनले अनपेक्षित रुपमा एमाले नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने घोषणा गरेर कांग्रेस र खासगरी सभापति शेरबहादुर देउवालाई निराश बनाए । कांग्रेसले उनको यो कदमलाई विश्वासघातको संज्ञा दिएको छ भने प्रचण्डले आफ्नो कदम संविधान कार्यान्वयनका लागि आवश्यक भएको वताए । नीति तथा कार्यक्रम र बजेटपछि दाहाललाई नेतृत्व हस्तान्तरण गर्ने तहमा ओली पुग्न र आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल अगाडि बढाएका प्रचण्ड पछाडि हट्नुमा अन्तर्राष्ट्रिय सुत्रहरुले काम गरेको ठहर सम्बद दलका नेताहरुले गरेका छन्

0 comments

Write Down Your Responses