अङ्ग नहुँदा पनि १ सय महिलासँग यसरी यौनसम्बन्ध राखे यी युवकले ..!!

wardelकाठमाडौं, इग्ल्याण्डको म्यानचेष्टरका एकजना मानिसको कथा अचम्मको छ । एन्ड्रयू वार्डल नाम गरेका यी पुरुष लिङ्ग नभइकन जन्मिए । तर उनको दावी अचम्मको छ । उनले एक सय भन्दा बढी महिलाहरुसँग यौनसम्बन्ध राखेको दावी गरेका छन् । ४० वर्षीय वार्डेलका अनुसार, कतिपय महिलाहरुलाई उनले आफ्नो वास्तविकता नै बताएनन् । टिलएसी च्यानलको एउटा चर्चित डकुमेन्ट्रीको केन्द्रमा रहेका वार्डेलको जन्म हुँदा उनी ब्लाडर एक्सटफी बिमारीबाट पीडित थिए । यो स्थितिमा युरिन ब्लाडर (मूत्रासय) शरीरको बाहिर विकसित हुन थाल्छ । डाक्टरहरुले यो समस्याबाट उनलाई मुक्ति त दिन सफल भए तर बिडम्बनाको कुरा, उनको लिंग कहिल्यै पनि विकास भएन । यो डकुमेन्ट्रीमा वार्डेलले आफ्नो पूर्व र वर्तमान महिला साथीलाई समेत यसबारेमा नबताएको उल्लेख गरेका छन् । कसरी लुकाउन सके त यस्तो वास्तविकता ? वार्डेलका अनुसार, यो विषयमा उनी एक्सपर्ट नै बनिसकेका थिए । शरीरको तल्लो भागलाई ढाक्ने गर्थे । सेक्समा अंग भन्दा पनि दिमाग र मनको ठूलो भूमिका हुने तथ्यलाई आफूले निकै ध्यान दिने उनले बताए । लागुऔषध समेत लिने गरेका बार्डेलले नशा लागेको बहाना बनाएर अंगको कुरा या अंग देखाउने कुरालाई टार्ने गर्दथे । यतिखेर उनको चक्कर हंगेरीकी २४ वर्षीय फेड्रा फेबियनसँग चलिरहेको छ । उनले आफ्नी साथीलाई किड्नीको इन्फेक्स्नबाट जोगिन तल्लो पार्टमा चिप्स लगाएको बहाना बनाएको समेत बताए । उनले एकपटक आत्महत्याको कोशिस समेत गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

0 comments

Write Down Your Responses