करणसँग विहे गरेकी विपाशाले हनिमुनमा सलमानलाई लान खोजेपछि…< भिडीयो >

मुम्बई । बलिउड अभिनेत्री बिपाशा बसुले शनिबार प्रेमी करणसिंह ग्रोवरसँग विवाह गरेकी छिन् । शनिवार साँझ बिपाशाले बंगाली परम्पराअनुसार विवाह गरेकी हुन् । विवाह समारोहमा बिपासाले निजकका साथी र परिवारहरूलाई मात्रै बोलाएकी थिइन् । बिपाशाको विवाह समारोहमा पूर्व ब्वायफ्रेन्ड डीनो मोरिया र हेयर स्टाइलिस्ट सपना भवानी पनि सहभागी थिए । बिपाशाले बंगाली दुलहीमा रातो किनारा भएको सेतो साडीमा सुनौलो रङ भएको लहंगा लगाएकी थिइन् । बिपाशाका पति करण पञ्जावी सिख हुन् । हनिमुनमा सलमानलाई लान खोजेपछि… यो नयाँ जोडीलाई बधाई दिन पुगेका बलिउड अभिनेता सलमान खानले विपाशाका पतिको घुमाउरो भाषामा खिल्ली नै उडाएका थिए । सलमान, विपाशा र करण मिडियालाई सँगै पोज दिइरहेका थिए । त्यही बेला त्यहाँ उपस्थित पत्रकारहरुले सलमानलाई सोधे नयाँ जोडीलाई के शुभकामना दिनुहुन्छ ? जवाफमा सलमानले मजाक मजाकमा करणतर्फ लक्षित गर्दै भने– ‘जोडी साह्रै राम्रो छ । र म चाहन्छु यो जोडी टिकोस । इम्पोर्टेन्ट छ यो टिक्नु ।’ दुई श्रीमती छाडेका करणतर्फ लक्षित गर्दै सलमानले यस्तो भनेका थिए । त्यसपछि त्यहाँ उपस्थित पत्रकारहरुले सलमानलाई विपाशा र करणको हनिमुनबारे प्रश्न सोध्दा विशापाले बीचमै मुख खोल्दै सलमान पनि हामीसँग हनिमुनमा जानेछन् भनिन् । र सलमानको विहे कहिल्यै नहोस् भनिन् । यति भनेपछि सबै हासे ।

0 comments

Write Down Your Responses