मृत्यु पछि यमदुतले कसरी समाउँछन् आत्मा ? कसरी लैजान्छन् यमलोक ?

गरुड पुराणका अनुसार जो मानिसको मृत्यु हुनेवाला छ, उ बोल्न चाहन्छ तर बोल्न सकिरहेको हुँदैन । अन्तिम समयमा सबै इन्द्रियहरु नष्ट हुन्छन् । भनिएको छ कि त्यो समयमा यमदूत आउँछन् । उसको अनुहार भयानक हुन्छ । यमराजको दुतलाई देखेर प्राणीले भयभीत भएर मल-मुत्र त्याग गर्छन् । त्यो समयमा शरीरबाट अंगूष्ठमात्र जीव हा हा शब्द बोलिरहेको हुन्छ । अनि यमदुत ले समाउँछन् । यमदुतले त्यो शरीर लिएर यमलोक जान्छन् । पापी जीवात्मा बाटोमा थाक्यो भने दुतले डराउन दिन्छन् । उसलाइ नर्कमा पाईने दुखको बारेमा बताईरहेका हुन्छन् । यो सब सुन्दा पापी आत्मा निकै रुन्छ तर यमदुतमा कुनै दया आउँदैन । अनेक कष्ट दिदै बाटोमा लैजाँदा पटक-पटक आतमा बेहोस हुन्छ । अँधेरो बाटो हुँदै यमदुतले यमलोक लैजान्छ । गरुड पुराणका अनुसार यमलोक ६६ हजार योजनको क्षेत्रफलमा छ । एक योजन बराबर चार कोष अथवा १३-१६ किमि हुन्छ । त्यहाँ जीवात्मालाई सजाय दिइन्छ । त्यसपछि यमराजको आज्ञामा यमदुतसँग फेरी आफ्नो घर फर्किन्छ । उ फेरी शरीरमा जाने कोशिस गर्छ तर यमदुतले रोक्छन् ।

0 comments

Write Down Your Responses