नेपाल–चीनबीच अर्को महत्वपूर्ण कनेक्सन ..भारत बेखबर ..
काठमाडौं, ३१ वैशाख । नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको छ ।
यससँगै नेपाल–चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको नेपाल टेलिकमले जनाएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।
अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको छ ।
नेपाल टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले भौतिक रूपमा काठमाडौं र चीन अल डाइलेक्टिभ सेल्फ सपोर्टिङ (एडिएसएस) अप्टिकल फाइबर जोडिएको जानकारी दिए ।
‘चीनसँगको इन्टरकनेक्टिभिटीका लागि उपकरण जडान र सेवा परीक्षण सुरू भइसकेको छ’, उनले भने, ‘मे भित्रमा चीन–नेपाल र भारतबीच सीधा ट्राफिक आदान प्रदानका लागि परीक्षण सम्पन्न गर्ने कार्यक्रम छ।’


0 comments
Write Down Your Responses