बलात्कार गरेर भिडियो ट्वीटरमार्फत येसरी सार्वजनिक ...!!

लन्डन । १६ वर्षे युवतीको सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ब्राजिलमा ३० जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी गरेको छ । रियो द जेनेरियो ती १६ वर्षे युवतीलाई आफ्नो केटा साथीको घर जाँदै गर्दा हतियारधारी समूहले बलात्कार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । केहीले त्यतिबेलाको तस्बिर र ४० सेकेण्डको भिडियो समेत खिचेर सामाजिक सञ्जाल ट्वीटरमा राखेका थिए । पक्राउ पुर्जी जारी हुनेमा उनका केटा साथी पनि रहेका छन् । स्थानीय प्रहरीले घटनाको सत्यतथ्य सबै बाहिर आइनसकेको बताएको छ । ती किशोरमाथि शनिबार सामूहिक बलात्कार भएको थियो । उनी आइतबारमात्रै होसमा आएकी थिइन् । घर फर्केको अर्कोदिन उनले आफूलाई बलात्कार गर्नेले भिडियो ट्वीटरमा राखेको थाहा पाएकी थिइन् । घटना सार्वजनिक भएपछि अधिकारकर्मीले पुरुषद्वार महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रदर्शन गरिरहेका छन् । – एजेन्सी

0 comments

Write Down Your Responses