विमलकी बहिनी मनिषाको अन्त्येष्टि, आर्यघाटमा विमलले आफूलाई सम्हाल्न सकेनन्

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको अन्त्येष्टि गरिएको छ । मनिषा बुधबार राति नवलपरासीस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । विहीबार उनको शवलाई काठमाडौं ल्याइएको थियो । शुक्रबार शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि उनको आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनलाई विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको थियो । आर्यघाट शवसँगै पुगेका विमल बहिनीको अन्तिम विदाईमा धरधरी रोएका थिए । उनकी आमाले पनि आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । बहिनीको मृत्युको खबर सुन्दा विमल बेल्जियममा थिए । अन्तिमपटक बहिनीको मुख उनी आज विहान काठमाडौं आएका थिए । अन्तिम श्रद्धाञ्जली दिन दिन फुटबलरहरु र आफन्तजनहरु पशुपति आर्यघाटमा पुगेका थिए । घटना रहस्यमय भएकाले अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses