कांग्रेसलाई एमाओवादीले यसरी लगायो गम्भीर आरोप, देउवा केहिगरी पनि फुत्किन नपाउने ...

काठमाडौं, ३ जेठ । एकीकृत माओवादीका नेता तथा सांसद रामनारायण बिडारीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले न्यायपरिषदमा भागबण्डा खोजेको आरोप लगाउनुभएको छ । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेसले भागबण्डा खोजेकै कारण संसदीय सुनुवाई विशेष समिति गठनमा सहमति हुन नसकेको बताउनुभयो । ‘कांग्रेसले संवैधानिक परिषदमा भागबण्डा खोजेको छ । एक जना सदस्य मागेको छ’, अधिवक्ता समेत रहनुभएका बिडारीले भन्नुभाये, ‘संसद नियमावलीमा सहमति नभए अब प्रक्रियाबाट अगाडि बढ्छ ।’ संसद नियमावली बनाउने विषयमा जेठ १३ गतेभित्र सहमति खोजिने बताउनुभएका सांसद बिडारीले भन्नुभयो, ‘सहमति भएन भने प्रक्रियाबाट नियमावली बनाउने विषय अगाडि बढ्छ ।’ कांग्रेस, एमाले र एमाओवादीबीच संसद नियमावली बनाउने विषयमा विशेष समितिमा कति सदस्य राख्ने भन्ने विषयमा विवाद रहँदै आएको छ । एमाओवादी र एमालेले आफूलाई लगाउँदै आएको आरोपको भने कांग्रेसले अस्वीकार गर्दै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसद नियमावलीमा कांग्रेस अवरोध नगरेको बताउने गर्नुभएको छ । सहमतिका साथ ऐन नियम र संविधानलाई ध्यान दिएर जानुपर्ने उहाँको भनाइ छ ।

0 comments

Write Down Your Responses