एनसेल कर प्रकरणको अर्को खुलासा ....

काठमाडौं, २० वैशाख । नेपालकै सबैभन्दा धेरै कर तिर्ने कम्पनीको दर्जा पाएको एनसेल र टेलियासोनेरा हालको टेलिया कम्पनीफेरि एक पटक विवादमा आएको छ । रु १० करोडको लागतमा सुरु भएको मेरो मोबाइल कम्पनी आहिले आएर १ खर्ब ४० अर्बमा मलेसियन कम्पनी Axiata लाई बिक्री भएको छ । नेपालमा रहुन्जेल नेपालको कानुन आनुसार कर तिर्दै आएको टेलियासोनेरा आहिले आएर नाम नै परिवर्तन गरेर गुमनाम झैँ भएर बसेको छ । नेपालबाट आफ्नो सबै स्वमित्व स्वीडेन कम्पनी Reynolds Holdings Ltd को मार्फतबाट ब्हष्बतब लाई हस्तान्तरण गरिसकेको छ । तर दुर्भाग्य भन्नु पर्छ यूरोपको नाम चलेको कम्पनीले आफ्नो स्वमित्व अर्को कम्पनीलाई हस्तान्तरण गर्दा सरकारलाई बुझाउनु पर्ने कर आजका मितिसम्म बुझाएको छैन । स्रोतका अनुसार आहिले टेलियासोनेराको तर्फाबाट एनसेलमा कार्यरत माथिल्लो तहका तीन कर्मचारी नेपालबाट बाहिर आफ्नो देशतर्फ लागि सकेका छन् । एनसेलका तत्कालीन कार्यकारी प्रमुख ERIM TAYLANLAR र फाईनान्स निर्देशक CAROLINA BUGAIAN र technical Department कि उपनिर्देशक Nesrin Sermin छ दिन आगि नै नेपालबाट आफ्नो सम्पूर्ण सरसामग्री लिएर इंडिया पुगेर आफ्नो आफ्नो देशतर्फ़ लागि सकेको स्रोतको भनाइ छ । हाल एनसेलसंग ERIM TAYLANLAR को international driving licence बाहेक अरु केहि छैन । ERIM TAYLANLAR बस्दै आएको महाराजगन्ज इस्थित निवास हालै मात्रै खाली गरिएको छ । एनसेलबाट टेलियासोनेराले आफ्ना पुराना कर्मचारी बिभिन्न मध्यमबाट फिर्ता लाने काम रोकिएको छैन । यो सबै खेल नेपाल सरकारलाई बुझाउनु पर्ने कर नबुझाउनको लागि गरिएको स्रोतको दाबी छ । टेलियाका विश्वासिला पात्र र हाल एनसेलका मानव संसाधन विभागका निर्देशक MITHAT ORALले सबै चाँजोपाँजो मिलाउने गरेका छन् । MITHAT ORAL हाल नेपालमै रही एनसेल र Axiata बीच भएको सम्झौता मिलाउन लागि परेको छन् । ERIM , CAROLINA र Nesrinको नेपालमा रहेको सरसामान MITHAT ORAL को माध्यमबाट अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनीहरुको देश पठाई सकेको स्रोतले जनाएको छ ।

0 comments

Write Down Your Responses