भारतले नेपालको विकास हुन नदिनुको कारण यस्तो पो रहेछ ..

काठमाडौं, २१ वैशाख । नेपालमा जलविद्युत आयोजना निर्माण नगरी लाइसेन्स होल्ड गर्नेमा सबैभन्दा अगाडि भारतीय प्रवर्द्धक देखिएका छन् । ऊर्जा मन्त्रालयले हालसम्म ६ हजार २२ मेगावाट विद्युतका लागि लाइसेन्स जारी गरेकोमा भारतीय प्रवर्द्धकका हातमा ५ हजार १ सय ५७ मेगावाटबराबरका आयोजना छन् । यो संख्या कुल जारी भएको लाइसेन्सको ८५।६ प्रतिशत हो । कारोबार दैनिकले समाचार छापेको छ । भारतका सार्वजनिक तथा निजी गरी १४ वटा कम्पनीले ५ हजार १५७ मेगावाट क्षमताका १५ ठूला आयोजनाको लाइसेन्स लिएका छन् । यसमध्ये एस्सर ग्रुप र नेपालीको संयुक्त लगानीमा रहेको ८२ मेगावाटको तल्लो सोलु आयोजनाको मात्र निर्माण सुरु भएको छ । अन्य आयोजनाले विद्युत उत्पादन अनुमति पत्रका लागि विद्युत विकास विभागमा निवेदन दिएका छन् ।

0 comments

Write Down Your Responses