जनतालाई दुःख दिन गरिएको धर्नालाई सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन : प्रधानमन्त्री ओली
तोडफोड र हिंसा नगर्नुस्, आन्दोलन रोकेर वार्तामा आउनुस्, बरु जनताको सेवा गर्ने हो भने पुनःनिर्माणका लागि स्वयम्सेवा गर्नुस् ।”प्रधानमन्त्री ओलीले जननेता मदनकुमार भण्डारीले प्रतिवादन गरेको ‘जनताको बहुदलीय जनवाद’ को आलोकमा नेपालको वर्तमान कम्युनिस्ट आन्दोलन र सरकार अघि बढेकाले आसन्न बजेट मार्फत मुलुकलाई तीव्र आर्थिक विकासको बाटामा लगरै छाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले सरकार बन्न नदिनेले सरकार ढाल्न आफ्नो घाँटीसम्म हात ल्याए पनि त्यसलाई पराजित गरिएको बताउनुभयो ।चन्द्रशमशेरकै पालादेखि नेपालमा रेल ल्याउन सर्भेक्षण गर्न खोज्दा पनि विरोध भएको उल्लेख गर्दै उहाँले अहिले आफूले केरूङ–काठमाडौँ रेल ल्याएरै छाड्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीमबहादुर रावलले सरकार समाजवादको बलियो आधार तयार गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो । अर्का उपाध्यक्ष युवराज ज्ञवालीले मदन भण्डारीका विचार र नेतृत्वले मानिसलाई परिवर्तन गराएकाले वाम सहकार्यसहित त्यस बाटालाई पार्टीले निरन्तरता दिएको बताउनुभयो ।
सचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक न्यायसहितको लोकतन्त्र स्थापनाको भण्डारीको लक्ष्य पूरा भएकाले अब प्रगतिशील राष्ट्रवाद सहितको आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो ।

0 comments
Write Down Your Responses