मेरो भिडीयो सार्वजनिक स्थानमा हेर्छन की बाथरुममा हेर्छन मैले नियाल्ने कुरो आउदैन” – ज्योती मगर

१) ज्योती मगरको विराटनगरको सांगितीक कार्यक्रमको लागी पहिलो आवगमन हो ? 

–हजुर सायद यो मेरो विराटनगरका लागी पहिलो नै मान्नु पर्छ , तर पुर्वी मोरङ्ग तिर चांही कार्यक्रममा आईरन्छु । 
२)भनेपछी कस्तो लाग्यो त विराटनगरका तपाईको डाईहट फ्यानहरु संग भेट्दा ?

 –रमाईलो,खुशी,एक्साईटेट जे होस मलाई माया गर्ने विराटनगरमा पनि धेरै हुनुहुदो रहेछ जव म विराटनगरको एयरपोर्टमा लेण्ड भए त्यहां देखी नै म संग तस्वीर खिच्ने फ्यानहरु आउनुभएको थियो र अहिले पनि खिचिरहनु भएको छ । (लामो हासो हाह हा हा हा) ।।

 ३) संचिनै ज्योती मगर संग धेरै तस्वीर खिच्न किन रुचाउछन् ? 

– लामो हासो…हा ..हा हा…,पछी खै सबैले हट एण्ड सेक्सी गायिकाको उप नाम दिएर होला फेरी पुन लामो हासो हा हा हा ..।
 ४) पछिल्लो समय ज्योती मगरले एउटा छुटै पहिचान बनाउन सफल हुनुभएको छ, तपाईले कस्तो प्रतिक्रिया पाईरहनुभएको छ ? 

–मेरो फिडव्याक त तपाईहरुले सोसाल मिडीयामा हेर्नु नै भएकै छ नी कस्तो र कहां सम्मका कस्ता कस्ता आईरहेको छ भनेर पुन– लामो हासो– हा हा हा ..,तर थिंक पोजेटिभ है , म सन्तुष्ट छु त्यसमा भर पर्ने हो मलाई पोजेटिभ फिडव्याकले मलाई मताउनु हैन, नेगेटिभ फिडब्याकले पनि मलाई होपलेस बनाउन सक्छ । सो म त्यस्तो नेगेटिभ होस पोजेटिभ दुवैलाई म कियर गर्दिन म मेरो तय गर्छु अगाडी हिड्र्छु । ५) तपाईको पाटो भनेको चाही के हो नी फेरी ?तपाई मोडल हो की गायिका हो त्यसो भए ? –म्यूजिक हो मेरो पाटो भनेको म लोक गायिका र म यसैमा आफुलाई स्थापित गराउन चाहान्छु । 
 ६) तर ज्योती मगरलाई त धेरैले एउटा पृथक किसिमको मोडलको रुपमा चिन्छन् नी त हैन र ?

 –त्यो चाही प्लस पोईन्ट भयो , मेरो सिङगीङ्ग प्याटन त छ दै छ म्युजिक बाहेक अरु पनि गर्न सक्यो भने त्यो राम्रो हो नि त, नगर्दा पनि फरक चाही पर्दैन तर गरेको राम्रो हो । 

 ७)अरु भन्या के छ ? के गर्न सकिन्छ भन्न खोज्नु भएको ? भन्न मिल्छ ? 

–अरु भन्या एक्टिङ्ग, मोडलिङ्ग, डान्सिङ त्यस्तै पर्छ , एक छिन पछि हास्दै हल्का ग्यालार्मस फेरी लामो हांसो हा हा हा… । 

 ८) ग्लार्मसको कुरा उठाई हाल्नुभयो तपाईले अहिले सम्म गर्दै आउनु भएको ग्लार्मस हल्का हो की पूरै ग्लामर्स हो त्यसो भए ? 

–हल्का नै हो मेरो लागी चाही खै अरुको नजरमा चाही कस्तो हो थाहा छैन, अब त्यो चाही पुरै ग्लामर्स देख्नेलाई नै सोध्न जानुपर्ला पुन लामो हासो हा हा हा…। 
 ९) तर तपाइको म्यूजिक भिडीयो तथा पहिरानमा हेर्नै नसकेर मुख छोपेर पनि हेर्ने गरेका छन नि त ? 
–मेरो भिडीयो तथा मैले गरेका फोटो सुटका तस्वीर त्यही मुख छोपेर हेर्नेको मोबाईलमा हुन्छ के भनुम अब यहां भन्दा, २१ औं सेन्चुरीमा छौ भनिदिनु त्यस्ता मुख छोपेर हेर्नेहरुलाई चाही ।

 १०) ज्योती मगरको ज्मुजिक भिडीयो मुख छोपेर हेर्ने र दोह्याई तेह्याई हेर्ने पनि छन् हो ?

 –ए हो भने पछी तपाई चाही मुख छोपेर हेर्नु हुन्छ की मुख खोलेर नै हेर्नु हुन्छ मेरो भिडीयो चाही.. लामो हासो हा हा हा..। अब मैले सबैको ठेक्का लिने कुरा पनि भएन हैन, अब मेरो भिडीयो सार्वजनिक स्थानमा हेर्छन की बाथरुममा हेर्छन मैले नियाल्ने कुरो आउदैन , म मन पर्नेहरुका लागी हो म मन नपार्नेहरुका लागी हैन मलाई दोह्याई तेह्याई हेर्नेहरुका लागी हो ।

 ११) तपाईले हल्का ग्लार्मस भनिरहनु भएको छ ,तर पछिल्लो समयमा भन्ने हो भने ढाडे विरालो, दोहोरीमा सांझ जस्तामा त ज्योती मगरले पुर सर्वाङगीन नै हुनुभएको छ भन्ने कुरा आएको छ नी ?

 –हेैन सर्वाङगीन भएको कुरा आएको भन्दा पनि हेरेको कुरा राम्रो हो भिडीयोमा जे छ त्यसैमा छ, मैले बोल्ने भन्दा पनि भिडीयोले बोल्ने कुरा हो , त्यो कस्ले हेर्छ र कसरी हेर्छ त्यो आ–आफ्नो सोच हो, जहां सम्म लाग्छ मलाई मैले खेलेका भिडीयोहरु जती पनि छन् मलाई सिम्पल नै लाग्छन् । 

 १२) अब प्रसङ्ग बदलौ अब त बैसाख पनि लाग्यो ? अब घरजम गर्ने हैन ? 

–हा.हा..हा खै अहिले सम्म भनेको जस्तो मान्छे पो भेटिएको छैन हो,,बरु खोजीदिनुन विराटनगरमा कतै पाईहाल्छन् की ।

 १३) भने पछी अहिले सम्म लव सभ पर्या छैन ?प्रपोज त धेरै नै आउछन् होला नी हैन ? 

–लव त कति परो परो के गर्नु विछोड भईहाल्छ । म अलिक हक्की स्वभावको भएर होला खुलेर भन्ने आंट गर्दैनन् ।

 १४) अब के गर्ने योजना बनाउदै हुनुहुन्छ ? 

–संगितलाई माया गर्ने हो नयां एल्बमहरुको कलेक्सन गर्दैछु ।पहिल्लो समय एल्बमहरु आउनछाडी सके कलेक्सनको तयारीमा छु ।

 १५) अन्तमा के भन्नुहुन्छ तपाईका विराटनगरे फ्यानहरुलाई ? 

–ज्योतीको माया सदाबहार रहने छ र आगामी दिनमा माया गरिरहनु भन्ने अपेक्षा गर्दछु मेरो सांगितीक धरोहरलाई अझ उचाईमा लैजाने प्रयत्न गर्दछु । यसरी मेरा कुरा विराटनगरमा आएको बेला आमदर्शक तथा श्रोतामाज राख्दिने मौका दिनुभएकोमा तपाई अनि न्यू सृष्टिलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

0 comments

Write Down Your Responses