भारतले नेपाललाई राख्यो अहिलेसम्मकै अनौठो प्रस्ताव, मान्ला त नेपालले ?
काठमाण्डु, २ जेठ– भारतको पर्यटन मन्त्रालयले नेपालसँग जोड्ने तीन हिन्दु सर्किटको प्रस्ताव अघि सारेको छ । भारतले प्रस्ताव गरेको पहिलो सर्किट रामको जन्मभूमि अयोध्याबाट सुरु भइ भारतको चित्रकुट, दरभंगा, सीमागढी हुँदै राम र सीताको बिहे भएको स्थान जनकपुरसम्म हुनेछ । त्यसैगरी दोश्रो सर्किट शिव पार्वतीसँग सम्बन्धित छ । यस प्रस्ताव अनुसार चरमधामबाट सुरु हुने यस सर्किट हरिद्धवार, टनकपुर, महेन्द्रनगर, पोखरा हुँदै पशुपतिनाथसम्मको हुनेछ । भने तेश्रो सर्किट वाराणशीबाट सुरु भइ काठमाण्डु र पोखरासम्म हुनेछ । उसले प्रस्ताव राखेको तीनवटै हिन्दु सर्किट भगवान शिव र रामको रहेको छ ।


0 comments
Write Down Your Responses