प्रचण्ड यसरी बन्दैछन् प्रधानमन्त्री ....

काठमाडौं, २३ वैशाख । प्रमुख सत्ता साझेदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको समर्थनमा सरकार बनाउन निर्णायक कदम चालेपछि सात महिना पुरानो केपी ओली सरकारको बहिर्गमन निश्चितप्राय देखिएको छ । केही दिनदेखि जारी गोप्य वैठकपछि कांग्रेस सभापति शेरवहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्ने आश्वासन दिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । उक्त आश्वासनलगत्तै प्रचण्डले ओलीसँग भेटी आफूलाई समर्थन गर्न गरेको आग्रहप्रति भने एमालेले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । आफ्नो दाबी प्रस्तुत गरेर प्रचण्डले बाम गणतान्त्रिक सत्ता गठबन्धन विघटनतर्फ उन्मुख रहेको र कांग्रेस तथा मधेसी मोर्चाको समर्थनबाट सरकार बनाउने स्पष्ट संकेत दिएका छन् । पाँच सय ९८ सदस्यीय संसदमा कांग्रेस, एमाओवादी र मधेसी मोर्चासँग तीन सय २४ सदस्य छन् । प्रधानमन्त्रधी ओलीले बहुमत गुमेको अवस्थामा राजीनामा गर्लान् या आफ्नो विकल्प खाली गर्लान्, त्यसबारे कुनै स्पष्ट संकेत प्राप्त भएको छैन ।

0 comments

Write Down Your Responses