ओली सरकार ढल्न लागेको बेला पाँच करोडको मूर्ति खोज्दै गृह मन्त्रालयमा पुग्ने को ?
काठमाडौं, २३ वैशाख । काठमाडौं उपत्यका मन्दिर नै मन्दिर र बौद्ध स्तुपाहरुले भरिएको छ ।
२०७२ बैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले असर नपारेको मठ मन्दिर नै छैनन् । विनाशकारी भूकम्प जाँदा बौद्ध स्तुपा पनि क्षतिग्रस्त नै भयो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
तर, त्यतिबेला त्यहाँ रहेका मूल्यवान मूर्तिहरु सुरक्षित नै रहे । विनाशकारी भूकम्प जाँदा समेत सुरक्षित रहेका त्यस्ता मूर्तिहरु यतिखेर भने चोरिन थालेका छन् ।
बौद्ध स्तुपास्थित अजिमा मन्दिरमा रहेको टुँडालमा जडित गरुडको मूर्ति हराएको तीन महिना नाघिसकेको छ । २०७२ फागुन १२ गते एमालेका सांसद रामेश्वर फुँयालसहित १३ जनाले उक्त मूर्ति चोरिएको बारे पुरातत्व विभाग, गुठी संस्थान र महानगरीय प्रहरी बृत्त बौद्धलाई जानकारी गराएका थिए ।
माघ २१ गते गरुड प्रतिमा हराएको र यसको खोजी गरी दोषिलाई कारबाही गरिपाउँ भनि उक्त निकायहरुमा निवेदन समेत दिएका थिए । तर, अहिलेसम्म कुनै पनि निकायले पाँच करोड भन्दा बढी मूल्य पर्ने उक्त मूर्तिबारे छानविन त परै जाओस् खोजीका लागि कतै पत्राचार गरेको समेत देखिएन ।
उक्त मूर्तिको सम्बन्धमा खोजीका लागि निवेदन दिएका कुनै पनि निकायले कारबाही प्रक्रिया अगाडि नबढाएपछि एमाले सांसद फुँयालसहितको टोलीले बाध्य भएर बैशाख १७ गते गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटी अर्को निवेदन पेश गरेका छन् ।
मन्त्री बस्नेतले उक्त मूर्तिको खोजीकार्यलाई तीब्र बनाउने आश्वसन दिए पनि अहिलेसम्म प्रहरीले मूर्ति चोरलाई भने पक्राउ गर्न सकेको छैन ।
बस्नेत गृहमन्त्री बनेपछि राजधानीलगायत मुलुकभरि नै पुरातात्विक महत्वका मूर्तिमात्र होइन इटा, ढुंगा समेत चोरिनेक्र बढ्दो छ । जुन कुरा पुरातात्विक विभागमा परेका निवेदनबाट पनि पुष्टि हुन्छ ।


0 comments
Write Down Your Responses