आन्दोलनकारीको डरले ओलीले बालुवाटार छाडे: आङकाजी शेर्पा

Ang Kaji Sherpaकाठमाडौं, ४ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धनको घेराउ कार्यक्रमको डरले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेको आरोप लागेको छ । संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाले बालुवाटार घेराउ गर्न पुगेका आन्दोलनकारीको डरले प्रधानमन्त्री ओली भागेको आरोप लगाएका हुन् । गठबन्धनले अहिले पनि बालुवाटार घेराउ गरिरहेको छ । केहीबेर अघि प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ । झडपमा प्रहरी र आन्दोलनकारी गरी ५० जना घाइते भएको अनुमान गरिएको छ । यही समयमा आङकाजीले सामाजिक सञ्जाल भिडियो समेत राखेर ओलीले बालुवाटार छाडेको बताएका दाबी गरेका हुन् ।angkang-statush-1

0 comments

Write Down Your Responses