मलाई संसदले नै छानेको हो, षडयन्त्र र धोकामा सहमति हुँदैन, संसद विघटन पनि हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसदलाई सम्बोधन गर्दै संसद विघटन नहुने दावी गरेका छन् । संसदबाट चुनिएको प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासविरुद्ध नउभिने भन्दै संसद विघटन नहुने बताए । संसद विघटन गर्दैछन् भन्ने पनि हल्ला चल्यो, सम्बोधनकै क्रममा ओलीले भने, ‘संसद भंग हुँदैन, संसदीय अभ्यासबाटै अघि बढ्छौ । संसदले मलाइ छानेको हो ।’उनले संविधान कार्यान्वयन, पुनर्निर्माण, जनताको समस्याको समाधान रहेको बताए । आफुलाई संवाद गरेन, सहमति गरेन भन्ने आरोप लाग्ने गरेको भन्दै उनले असन्तुष्टि छन् भने बसेर छलफल गर्न आग्रह गरे । प्रम ओलीले जिम्मेवार राजनीतिक दलहरू बसेर छलफल गर्नुपर्ने बताए ।

0 comments

Write Down Your Responses