बलिउडका कर्तुतः यी हुन् मोडलदेखि नौकरानीसम्मको अस्मिता लुट्ने कलाकार !

मुम्बई । बलिउडमा टेलिभिजन र फिल्म जगतका कयौ चर्चित कलाकारमाथि मोडल, हिरोइनदेखि घरकी नौकरानीसम्मलाई जबरजस्ती वा बलात्कारको आरोप लागिसकेको छ । केहीमा उक्त आरोप पुष्टि पनि भएको छ र उनीहरुले सजाय पनि भोग्नुपरेको छ । हेर्नुस् को–को छन् यो सूचीमा ? कपिल शर्मा कपिल शर्मामाथि केही दिन पहिला मराठी हीरोइन दीपाली सय्य्दले यौन दुव्र्यवहारको मुद्दा दर्ता गरेकी थिईन् । उनका अनुसार एक पार्टीका क्रममा कपिलले उनीसँग जबरजस्ती डान्स गर्न प्रयास समेत गरे । यद्यपी यो आरोपलाई कपिलले अस्वीकार गरेका छन् । तर, कपिल यस्तो एक्लो हिरो होइन् जसमाथि युवतीसँग यौन दुव्र्यवहार गरेको आरोप लागेको होस् । गायक अभिजीत भट्टाचार्या एक महिना पहिला गायक अभिजीत भट्टाचार्यामाथि एक युवतीले दुर्गा पूजा समारोहमा आफूलाई यौन दुव्र्यवहारको आरोप लगाएकी थिईन् ।

 र गायक अभिजीतविरुद्ध प्रहरीमा एफआईआर पनि गरेकी थिईन् । मोडल विशाल ठक्कर बलिउडका टेलिभिजन अभिनेता विशाल ठक्करमाथि पनि एक टेलिभिजन अभिनेत्रीको बलात्कार गरेको आरोप लागेको थियो । हिरोइनको आरोप थियो– विशालले उनको बलात्कार साँझ गरेका थिए जब उनी आफ्ना साथीको रोकिएकी थिईन् । यी दुई कयौंपटक सँगसँगै देखिन्थे । अमन वर्मा भर्खरैमात्र बिग बोस घरबाट बाहिरिएका अमन वर्मा चर्चित कलाकार हुन् । तर, उनको करियर तब दाउमा लाग्यो जब एक वर्षपहिले उनीमाथि एक स्टिंग अपरेशन भयो र उनले एक युवतीलाई टेलिभिजन हिरोइन बनाउने र त्यसको बदलामा सेक्स गर्नुपर्ने प्रस्ताव राखेको पुष्टि भयो ।

 गायक अंकित तिवारी गायक अंकित तिवारीलाई पनि पुलिस बलात्कारको आरोपमा गिरफ्तार गरिसकेको छ । एक एकल महिलालाई विवाह गर्नेभन्दै अंकित बारम्बार शारीरिक सम्बन्ध राख्थे । त्यसपछि उनी कानुनी फन्दामा परे । शाइनी आहूजा कलाकार शाइनी आहूजालाई आफ्नै घरकी नौकरानीको बलात्कार गरेको अभियोगमा गिरफ्तार गरिएको थियो । नौकरानीले आरोप लगाएकी थिईन्– शाइनीले मेरो बलात्कार गरेर उजुरी नहाल्न धम्की दिएका थिए । शाइनीले पहिला यी आरोपलाई अस्वीकार गरेका थिए तर, अनुसन्धानका क्रममा उनले स्वीकार गरे । उनलाई सात वर्षको जेल सजायँ भएको थियो । उनी अहिले जेलमै छन् । कोरियोग्राफर शामक डावर कोरियोग्राफर शामक डावरमाथि उनकी दुई छात्राले आराप लगाएका थिएकी शामकले उनीहरुको जवानीको फाइदा उठाउन खोज्यो ।

 रिपोर्टअनुसार शामकले कैयौ वर्षसम्म उनीहरुको सम्वेदनशील अंगमा छिुने गर्थे । शामकले यी आरोपलाई छुटो बताएपछि उनीमाथि कारवाही भएन् । फिल्म निर्देशक मधुर भंडारकर फिल्म निर्देशक मधुर भंडारकरमाथि पनि धेरै समय पहिले मोडल प्रीति जैनलाई लिड हीरोइन बनाउने प्रलोभन देखाएर बलात्कार गरेको आरोप लागेको थियो । अदालतमा यो आरोप साबित हुन नसकेपछि मधुरमाथि कारवाही भएन् । कलाकार इन्द्र कुमार कलाकार इन्द्र कुमारमाथि २३ वर्षीय एक मोडलको बलात्कार गरेको अभियोगमा ं गिरफ्तार गरिएको थियो । पीडित मोडलका अनुसार इन्द्रले हिरोइन बनाउने कसम खाएर दुई पटक शारीरिक सम्पर्क राखेका थिए । उनको आरोप छ कि इन्द्र रात भर उनलाई घरमा बन्दी बनाएर कठोर यौन यातना दिन्थे । शरीरमा चुरोट र बियरको बोतलले चो पुगाउथे । उनी अहिले जेलमा छन् । आदित्य पञ्चोली आदित्य पञ्चोलीमाथि आफ्नी १५ वर्षीय नौकरानीको बलात्कार गरेका आरोप लागेको थियो । आदित्यले उनलाई हिरोइन बनाउने प्रलोभन देखाएर उनीसँग शारीरिक सम्बन्ध राखेका थिए । यद्यपी यो सम्बन्ध युवतीको इच्छा अनुसार नै थियो तर, उनी बालिका हुँदा आदित्यले लाखौं जरिवाना तिर्नुपरेको थियो । (एजेन्सीको सहयोगमा

0 comments

Write Down Your Responses