केटीहरु होसियार ! यसरी फसाउलान् केटालेहरुले ....
काठमाडौं । सोझी केटी, त्यसमा पनि अलि–अलि पैसा भएकी पाएपछि कतिपय केटा रुपले त मान्छे नै हुन्छन्, तर पशुले पनि नगर्ने हर्कत देखाउँदा रहेछन् ।
एउटी अपांग चेलीलाई जीवन भर साथ दिन्छु भन्दै हजम पार्ने एउटा ठग यतिबेला जेलको छिँडीमा छ ।
ह्वीलचेयरको सहाराले जीवन धानेकी सोलुकी रमिला कार्की (नाम परिवर्तन) लाइ एउटा आपरिचितले फोनमा भन्यो तपाई मलाई एकदम मन पर्छ ।
अपांगताकै कारण रमिलाको जीवन एक्लिएको बेला एक्लो जीवनलाई कसैले ढाडस दिएर बोल्नु पनि ठूलो कुरा हुन्छ ।
त्यसपमाथि भेटौं संगै केही गरौं, तपाईंको म मेरो तपाई केटो गनगन गर्न थालेपछि रमिलासँग शुरुमा त जवाफै भएन ।
उनले भनिन् मलाई कोही पनि चाहिएको छैन म जे छु ठीकै छु ।
तर केटोले पिछा छाडेन । यसरी गुल्मी घर भई कृषि व्यवसायमा संलग्न भनि परिचयदिने ३६ वर्षको गणेश थापासँग भेट भयो ।
पहिलो प्रस्ताव थियो पोल्याण्ड जाने र उतै सेटल हुने । रमिलाले अस्पतालको काम पाएमा जाने भनिन् । तर गणेशले पानीजहाजको काम पाइने भन्यो ।
पुगेपछि भनेजस्तो पाइन्छ भन्ने आवश्वासनका कारण विश्वास गरिन । विहान ४ बजेदेखि लाइनमा बसेर पासपोर्ट निकाल्नुपथ्र्यौ ।
गणेश विहान विहानै नारायणहिटीमा लाइन बस्न पुग्दा रमिलाको मन पग्लियो । मेरो लागि यत्रो दुःख गर्नेले माया पनि गर्दो होला भन्ने लागेर निकटता बढाईन ।
विदेश जाने मात्र हैन साथीहरुलाई पनि पठाउने गरी रमिलाले साथीमाझ कुरा गरिन् । चार पाँच जना साथी पोल्याण्ड जान तयार भए ।
रमिलालो आफ्ना लागि ९ लाख र एकजना साथीबाट एक लाख गरी पहिलोपटक गणेशको हातमा १० लाख दिइन ।
तर भनेजस्तो काम नपाइृने भएपछि न रमिल न गणेश न त रमिलाकै साथी कोही पनि गएनन् ।
वास्तवममा पोल्याण्ड जाने बाहना मात्र रहेछ । रमिलाको एउटा भाइृ केही वर्षदेखि कोरियामा छन् ।
दिदिले राम्रो अवसर पाउँदा जति पैसा पनि खर्च गर्छु भन्ने भाइलाई सुनाइन यसले मलाई विहे गर्छ रे सोधनि के गरौं ?
अलि अलि पैसा पठाइदिन्छस र? अपांग दिदिको जीवनमा साथ दिने मानिस भेटिदा भाई पनि खुसी भयो ।
र खुरुखुरुपैसा पठाउदै गयो ।
यता दिदिले त्यो पैसा गणेशलाई दिदै गइन । गणेशले गुल्मीमा बाख्रा फर्म खोलेको र त्यसका लागि चाहिने भन्दै पैसा लिन्थ्यो ।
गणेश पुतलीसडक बस्ने रमिला विशालनगर । धेरैजसो गुल्मी हुन्छु भन्ने गणेशलाई कति पल्ट त काठमाडौंमै रमिलाले भेट्थिन ।
जीवनभर साथ दिनेसँग भेटेको बेला संगै बस्नु खानु नौलो भएन । यस्तो क्रम पाँचवर्षसम्म चल्यो ।
तर विवाह गरेका छैन भन्ने गणेशकी प्यठान माइत भएकी पत्नी रहिछन् । कदम जिसी नामक ।
साथमा एउटी छोरी यति कुरा बुझिसक्दा रमिलाबाट गणेशले ६९ लाख रुपैयाँ विभिन्न नाम र बाहनामा लगिसेको थियो । जनआस्था साप्ताहिकमा समाचार छ ।


0 comments
Write Down Your Responses