राधा टाइँटलमा पहिलो पटक जीवन र संचिताको अनस्क्रिन रोमान्स ...

होमवर्क पश्चात निर्देशक योगेश घिमिरेले नयाँ फिल्म निर्देशन गर्ने तयारी पुरा गरेका छन् । उनले राधा टाइँटलमा फिल्म बनाउँन लागेका हुन्, जसको मुख्य कलाकारमा संचिता लुइँटेल र जीवन लुइँटेल फाईनल गरिएको छ । संचिता र जीवन बर्षौ देखि फिल्म नगरीमा सक्रिय भएपनि उनीहरुले पहिलो पटक राधामा अनस्क्रिन रोमान्स गर्दैछन् ।जीवन र नीता ढुंगानालाई आफ्नो फिल्ममा लिदै आएका योगेशले यो पटक नीता नलिएर संचितालाई लिनुको कारण पनि खुलाए । उनले भनेका छन्, राधामा नीता जी फिट हुनु भएन त्यसैले पात्रको न्याय गर्न मैले संचिता जी छनौट गरेको हुँ । नारी केन्दित कथा रहने उक्त फिल्मको छायाँकन बैशाख २२ गते देखि सुरु हुँदैछ । गएको बर्ष हामीले प्रेम गीत, क्लासिक र डिम्स जस्ता उच्च क्वालिटीका फिल्म हेर्यो त्यसैले मेरो टिमले पनि त्यस्तै क्वालिटीमा फिल्म बनाउँने गरी राधाको तयारी पूरा गरेको छ । निर्देशक घिमिरेले दावी गरे ।

0 comments

Write Down Your Responses