फिफाले एन्फालाई ५४ करोड दिने ...!!
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले विकास कार्यक्रमका लागि प्रत्येक सदस्य राष्ट्रलाई ५० लाख अमेरिकी डलर (५४ करोड रूपैयाँ) दिने भएको छ।मेक्सिकोमा भएको फिफा कंग्रेसको दौरान फिफाले आफ्ना सदस्य राष्ट्रलाई विकास कार्यक्रमका लागि बजेट उपलब्ध गराउने निर्णय गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
यो रकम अखिल नेपाल फुटबल संघ एन्फाले पाउने छ।फिका कंग्रेसमा नेपालका तर्फबाट सहभागी भएका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधान र सदस्य रमेश रायामाझीले सहभागिता जनाएका थिए।

0 comments
Write Down Your Responses