तल्लो ओठ फर्फरायो ? चुम्बन पाउन सक्नुहुनेछ ....

ज्योतिषमा अंग फर्फराउनुसँग जोडिएका केहि कुराहरु बताईएको छ । केहि अंग फर्फराउनु शुभ मानिन्छ भने केहि अंग फर्फराउनु अशुभ मानिन्छ । तल्लो ओठ फर्फरायो भने प्रेमि सुख प्राप्त हुने मानिन्छ । माथिल्लो ओठ फर्फराउँदा मिठो भोजन मिल्छ । यदि लगातार दाहिने आँखा फर्फरायो भने शारीरिक कष्ट हुनसक्ने मानिन्छ । मुख फर्फराउनु पुत्र तथा अरुसँग शुभ समाचार मिल्छ । ओठको गाहिने कुना फर्फरायो भने अचानक धनलाभ हुने संकेत मानिन्छ । त्यस्तै ओठको देब्रे कुना फर्फरायो भने कुनै प्रिय वस्तु हराउने सम्भावना बताईन्छ । दाहिने आँखाको माथिल्लो परेला फर्फराउँदा कुनै खास इच्छा पुरा हुन्छ । बायाँ आँखा फर्फराउँदा शुभ समाचार मिल्छ । यदि दुवै गाला पर्फरायो भने धनलाभ हुनसक्छ । यदि कसैको दुवै ओठ एकसाथ फर्फरायो भने भाग्य उदय हुन्छ ।

0 comments

Write Down Your Responses