सलमान खानले सन्नी लियोनीलाई के भने यस्तो ?

पुर्व पोर्नस्टार सन्नी लियोनले बलिउडका टप एक्टरहरु आफुसँग काम गर्न नरुचाउने अभिव्यक्ति दिएपछि धेरै बलिउड अभिनेताहरुले उक्त कुराको खण्डन गरेका थिए । सलमान खानले एक अन्तर्वातामा सन्नी लियोनबारे केही शब्दहरु बोलेका छन् । बलिउडमा हुने भेदभावलाई लिएर गरिएको प्रश्नको जबाफ दिदै सलमानले भने,‘बलिउडमा कसैले पनि तिम्रो गोत्र के हो भनेर सोध्दैन । बलिउडमा धर्म र जातको कुनै महत्व छैन । यहाँ राम्रो काम गर्नेलाई सबैले मन पराउँछन् । राम्रो काम गरे जो पनि बलिउडमा टिक्छ ।’ सलमान खानले सन्नी लियोनको उदाहरण दिदै भनेका छन्,‘जब सन्नी लियोन बिगबोसमा आइन् तब उनलाई धेरै फ्यानहरुले माया गरे । आज सन्नी लियोन बलिउडको ठुलो स्टार हुन् । राम्रो काम गरेसी मानिसहरु तपाई को हो भन्ने प्रश्नको पछाडि दौडिन छोड्छ ।’ यस अघि पनि आमिर खानले सन्नी लियोनको प्रशंसा गरेका थिए ।

0 comments

Write Down Your Responses