गगन थापाको यस्तो काम तपाईलाई थाहा नहुन सक्छ ....

काठमाडौं । गगन थापा नेपाली काँग्रेसको मात्रै नभएर नेपालले नै आशा गरेका युवा पुस्ताका लोकप्रिय नेता हुन् । नेपाली काँग्रेसले राजतन्त्रात्मक संसदीय व्यवस्थाको वकालत गरिरहँदा सडकमा गणतन्त्रको नारा घन्काउने र सिंगो पार्टीलाई त्यही बाटोमा डोहो¥याउने काम कम चुनौतीपूर्ण थिएन, तर उनले त्यो काम गरेरै छाडे । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उनले शिक्षाको उज्यालो घामबाट बन्चित भएकाहरुलाई शिक्षा दिलाउन गरेको कामबारे भने धेरै कमलाई मात्रै जानकारी छ । आफूले सुरु गरेको ‘भाइबहिनी’ नामक अभियान अन्तर्गत गगन थापाले पढाएकी एक छात्राले आज बैशाख २० गतेबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागिता जनाउँदैछिन् । पाल्पाको रामपुरका दलबहादुर रानासँगको भेटका क्रममा छोरी संगीतालाई पढाउन नसकेको गुनासो गरेपछि गगनले २०६५ सालमा काठमाडौंमा ल्याएर उनलाई बढाउन थालेका थिए । सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहानै गगनले एक स्टाटस लेख्दै आफ्ना लागि यस वर्षको कक्षा १२ को परीक्षा विशेष भएको उल्लेख गरेका छन् । उनले यस्तै पढ्न नसकेका विद्यार्थीहरुका लागि सुरु गरेको भाईबहिनी अभियान अन्तर्गत संगीतालाई काठमाडौंको न्यु डनबस्को विद्यालयमा ६ कक्षादेखि बढाएका थिए । संगीताले अहिले काडमाडौंको चाबाहिलस्थित रिलायन्स एकेडेमीमा अध्ययन गरी कक्षा १२ को परीक्षा दिन लागेकी हुन् । गगनले आफ्नै खर्चमा काठमाडौंमा आवासीय विद्यालयमा राखेर पढाएका थिए । उनले पढाईमा सहयोग गर्ने न्यू डन बस्को र रिलायन्स एकेडेमीलाई धन्यवाद समेत दिएका छन् ।

0 comments

Write Down Your Responses