अमेरिकामा नेपाली युवकको अनौठो दाबी, पत्ता लगाए यस्तो ठूलो रहस्य ....

काठमाडौं, २३ वैशाख । अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन् । युनिभर्सिटी अफ टेक्सस अर्लिङ्टनमा खलो भौतिक विज्ञान बढाउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले ‘गिल्जा ८३२’ तारालाई सो ग्रहले परिक्रमा गर्ने गरेको सैद्धान्तिक आधार प्रस्तुत गरेको नागरिक दैनिकले समाचार छापेको छ । गिल्जा ८३२ ताराको आकार सूर्यको आधा छ । सूर्य पनि एउटा तारा हो । ‘हामी त्यही ताराको अध्ययनबाट प्राप्त तथ्य विश्लेषणका आधारमा ब्रह्माण्डमा नयाँ ग्रह रहेको निष्कर्षमा पुगेका हौं’, सत्यालले भने, ‘यसअघि सो तारालाई परिक्रममा गर्ने दुई ग्रह पत्ता लागिसेका छन् । ती दुवैका बीच नयाँ ग्रह भेटिएको हो ।’ एक प्रकाश वर्ष भन्नाले प्रकाशले एक वर्षमा गर्ने तय गर्ने दूरी हो । सूर्यबाट प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट १७ सेकेन्ड लाग्छ । हालसम्मका सिद्धान्तअनुसार प्रकाशको गतिभन्दा तीव्र यो ब्रह्माण्डमा कोही पनि छैन । त्यस्तै ब्रह्माण्डको अध्ययन प्रकाश वर्षमा गरिन्छ ।

0 comments

Write Down Your Responses