‘सैनिक मञ्च सेनाको गौरव हो, नाच्ने डबली होइन’

Amarpanchi kathmandu (6)३ जेठ, काठमाडौं । भूकम्प पीडितका लागि सहयोगका लागि भन्दै सैनिक मञ्च टुँडिखेलमा कन्सर्ट राखिएकोप्रति एक पूर्व सहायक रथीले आपत्ति जनाएका छन् । उनले सैनिक मञ्च सेनाको गौरव भएको भन्दै यसलाई नाच्ने डबलीका रुपमा प्रयोग गर्न नहुने धारणा राखे । ‘राष्ट्रप्रमुख जांने कार्यक्रममा मात्रै प्रयोग हुने सैनिक मञ्च कुनै नाचगानको लागि प्रयोग हुनु दुखद हो,’ पूर्व सहायक रथी प्रेमसिंह बस्नेतले अनाइनखबरसँग भने । कार्यक्रमको उद्देश्य सकारात्मक भए पनि यस्ता कार्यक्रम सैनिक मञ्चमा गर्नु उपयुक्त नभएको उनको टिप्पणी छ । ‘सैनिक मञ्च हाम्रो गौरव हो, त्यसैले त राष्ट्रिय पर्वमा मात्रै प्रयोग हुँदै आएको छ,’ सहाक रथी वस्नेतले भने । सो कार्यक्रम रंगशालामा वा पाटनमा रहेको सेनाकै खेल मैदानमा गरिएको भए विवाद नआउने पनि उनको भनाई छ । ‘अमेरिकामा पनि पेन्टागन बाहेक अरु थुपै्र भवनहरु छन्, तर रक्षा मन्त्रालय त्यहिँ राखिएको छ किनभने उनीहरुले त्यसलाई गौरवको रुपमा लिन्छन् ।’ बस्नेतले भने । सेनाको इतिहास बोकेको सैनिक मञ्च सांकृतिक कार्यक्रमको लागि प्रयोग भएको प्रति रक्षा मन्त्रालय पनि गम्भिर हुनु पर्ने सहायक रथी बस्नेतको भनाइ छ ।

0 comments

Write Down Your Responses