ब्ल्याक ब्युटीको फेसभ्यालु !
जसरी उमामा माओवादी छापामार र टलकजंग भर्सेज टुल्केमा घरेलु कामदारको भूमिकाले वाहवाही कमाएको थियो, को–आफ्नोको भिन्न हुलियाबाट त्यस्तै लोभलाग्दो लोकप्रियता बटुल्ने दाउमा थिइन् हिरोइन ऋचा शर्मा । तर, भाग्य यसपटक उनको पक्षमा उभिदिएन । न फिल्म हिट भयो, न उनको भूमिका नै ।
रिलिजअगाडि सामाजिक सञ्जालमा उनको हुलियाले पाएको चर्चा कामै लागेन । यो पीडाबाट रन्थनिएकी ऋचालाई मल्हमपट्टी लगाउन आयो फिल्म बाटोमुनिको फूल २ । तर, १० वैशाखमा प्रदर्शित यस फिल्मले सफलताको स्वाद चखाएन । यसरी फ्लपको ओइरो लागेका बेला उनी अभिनीत अर्को फिल्म जंगे रिलिज भएको छ । मल्टिस्टारर यस फिल्मको प्रमोसनमा उनलाई खासै भाउ दिइएको थिएन । तर, हप्तैपिच्छे पर्दामा झुल्किँदा आफ्नो ‘फेसभ्यालु’ गिर्छ भन्ने हेक्का यी ब्ल्याक ब्युटीलाई होला/नहोला ?

0 comments
Write Down Your Responses