वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुसको रकमसहित पक्राउ

काठमाडौं, २१ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत लेखा अधिकृत प्रकाश आचार्यलाई घुसको रकमसहित पक्राउ गरेको छ । लेखा अधिकृत आचार्यलाई अख्तियारको टोलीले सोमबार उनकै कार्यकक्षबाट दश हजार रुपियाँसहित नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग घुस मागेको गोप्य सूचनाका आधारमा पुगेको अख्तियार टोलीले आचार्यले विभागकै कार्यालयबाट लिएको विज्ञप्तिमा उल्लेख गरेको छ । वैदेशिक रोजगार विभागका कर्मचारीले पैसा नलिएर सेवाग्राहीको काम गर्दैनन् भन्ने चौतर्फी गुनासो छ । गुनासो आइरहेका बेला अख्तियारले वैदेशिक रोजगार विभाजका लेखा अधिृकतलाई गिरफ्तार गरेको हो ।

0 comments

Write Down Your Responses