International
»
‘मलाई पागल, रगत पिउने र कालो जादु गर्ने जे भनेपनि केहि फरक पर्दैन’–कंगना
‘मलाई पागल, रगत पिउने र कालो जादु गर्ने जे भनेपनि केहि फरक पर्दैन’–कंगना

एजेन्सी । बलिउडको क्वीन मानिने कंगना रनावट अहिले अभिनेत हृतिक रोशनसँगको झगडाले चर्चामा छिन् । उनीहरुको झगडालाइ लिएर अहिले कंगनामाथि औंला उठाउने क्रम पनि जारी छ । यसै क्रममा उनलाई पुर्वप्रेमी अध्ययनमाथि कालो जादु गरेको आरोप पनि लाग्दै आएको छ । कंगनालाई भने दुनियाले जे भने पनि केही फरक नपर्ने बताएकी छिन् ।
उनलाई मंगलबार राष्ट्रिय फिल्म पुरस्कारमा तेस्रो पटक सर्बश्रेष्ठ अभिनेत्रीको रुपमा अर्वाड प्रदान गरियो । यही क्रममा उनले अाफुमाथि लागेको अारोपको बारे बोलेकि छिन् । उनको भनाइ थियो , जब कुनै महिलाले असाधरण तरिकाबाट प्रगति गर्छिन्, त्यसमा समाजका केहि वर्गलाइ आपत्ति हुन्छ र पागलको संज्ञा दिन्छन् । उनीमाथि लगाइएको आरोपहरु निराधार छन् र उनलाइ बद्नाम गर्ने खेल भएको कंगनाको बुझाइ छ ।
उनलाई कालोजादु गर्ने जस्ता निराधार कुराले हैरान बनाएको बताएकि छिन् ।
उनले भनिन्,–‘ मलाई रगत पिउने, मानसिक विरामी, डायन जस्ता उपनाम दिइएको छ । मेरो यो प्रश्न छ कि कसैको अप्ठेरो परिस्थितिमा यस्तो आरोप किन लागइन्छ? महिलालाइ यस्तौ आरोपले दवाउने गरिन्छ । किन महिलालाई नकरात्मक शब्दको प्रयोग गरेर हेरिन्छ ।
उनलाई हृतिकसँगको विवादले निकै तनाव दिएको छ । तर उनी त्यस्तो तनाव कसैलाई देखाउन भने सकेकी छैनन् ।
0 comments
Write Down Your Responses