किन लाग्छ सूर्यग्रहण ? थाहा पाउनुहोस ...
बुधबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ५ बजेर ५७ मिनेटदेखि सुरु हुने सूर्यग्रहण ४० मिनेट अवधिसम्म रहने वाल्मीकि विद्यापीठका वेदान्त विभागाध्यक्ष प्राध्यापक भवानीप्रसाद खतिवडाले बताए । के हो सूर्यग्रहण ? किन लाग्छ ? धर्म र विज्ञानले के भन्छन् ? प्राध्यापक खतिवडा विस्तृतमा भन्छन् :
सूर्य र चन्द्र ग्रहण प्राय: हरेक वर्ष लाग्ने गर्छन् । तर, हरेक वर्ष लाग्छ नै भन्ने पनि हुँदैन । कुनै वर्ष नलाग्ने र कुनै वर्ष दुई पटकसम्म लाग्ने पनि हुन सक्छ । पृथ्वीको छाया सूर्यमा पर्नुलाई विज्ञानले सूर्य ग्रहण भन्ने गर्छ । तर, पूर्वीय धर्म, संस्कृतिको भने आफ्नै तर्क छ ।
मोहिनी भगवानले अमृत बाँड्दा देवताहरूलाई अगाडि र दानवहरूलाई पछाडि राखेको, सोभार्नु नामका दानव रिसाएर सूर्य र चन्द्रको बीचमा गएर बसेको देखी राहु र केतु पैदा भएको पाठ पूर्वीय शास्त्रमा पढ्न पाइन्छ । त्यस वेलादेखि राहु र केतुले हरेक कृष्णपक्ष औँसीको दिन सूर्यलाई र शुक्ल पक्ष पूर्णिमाको दिन चन्द्रमालाई आक्रमण गर्ने भएकाले सूर्य र चन्द्र ग्रहण लाग्ने गरेको मान्यता राखिन्छ ।
ग्रहण लागेको अवधिलाई धर्मले जस्तै विज्ञानले पनि खतरनाक अवधिका रूपमा व्याख्या गर्छ ।
ग्रहणलाई नांगो आँखाले हेर्न नहुने सन्देश विज्ञानले नै दिएको छ । यसको मतलव, ग्रहण असरदार हुन्छ भन्ने नै हो ।
ग्रहण लागेको अवधिलाई पुण्यकाल पनि मान्छ, धर्मले । ग्रहण अवधिभर ध्यान, अध्ययनबाहेक खाने, सुत्ने, नित्यकर्मजस्ता कर्म नगर्न सचेत गराएको छ । ग्रहणका वेला ध्यान र अध्ययनले भने राम्रो परिणाम दिन्छ ।
भन्छ यसो नगरौँ
ग्रहण लागेका वेला सुत्ने, खानेलगायत क्रियाकलाप गर्नुहुँदैन ।
ग्रहण अवधिमा सुत्यो भने रोग लाग्छ ।
पिसाब गर्यो भने दरिद्रता प्राप्त हुन्छ ।
दिसा गर्दा अर्को जन्ममा किट–पतंग, पशु–पक्षी हुनुपर्नेछ ।
ग्रहण लागेका वेला खाँदा अधोगति हुन्छ ।
ग्रहण अवधिमा गर्भिणी आमाले पेटमा छोइन् भने त्यहाँ बच्चाको शरीरको जुन भाग छ, जन्मिँदा त्यहाँ दाग बसेको हुन्छ ।


0 comments
Write Down Your Responses