परीक्षा पास गर्न मदिरा अनिवार्य पिउनु पर्ने ...

चीन-परीक्षामा उत्तीर्ण हुन मेहनत गरेर पढ्ने गरिन्छ । तर, चीनका एक प्राध्यापकले परीक्षामा उत्तीर्ण हुन आफ्ना विद्यार्थीलाई मदिरापान गर्न लगाएका छन् । गु मिङ नाम गरेका ती चिनियाँ प्राध्यापकले पास गर्न विद्यार्थीसामु यस्तो शर्त तेर्साएका हुन् । 'चीनमा बेजुई नाम गरेको स्थानीय रक्सी पाइन्छ,' समाचारमा भनिएको छ, 'प्राध्यापक मिङले बेजुई नखाने विद्यार्थी परीक्षामा उत्तीर्ण हुन नसक्ने बताए । यति मात्र होइन, कसले कति पटक बेजुई पिउँछ, उसलाई त्यति नै बढी नम्बर दिनेसमेत उनले बताएपछि विद्यार्थीले पास हुने लालसाले भकाभक रक्सी पिए,' समाचारमा भनिएको छ ।
पास हुन यस्तो अनौठो मापदण्ड किन तोक्नुभयो भनी सोध्दा प्राध्यापक मिङले भने, 'यहाँबाट ग्य्राजुएट भएर गएपछि विद्यार्थीहरूले सेल्स क्षेत्रमा काम गर्छन् । त्यहाँ सबै खाले परिस्थितिको सामना गर्नुपर्छ, पटक–पटक रक्सी सेवन गर्नुपर्छ । त्यसका लागि मैले विद्यार्थीलाई तयार बनाएको हुँ ।' पूरै ग्लास बेजुई पिउनेलाई सय, आधा ग्लास पिउनेलाई ९० र एक घुट्को मात्र पिउनेलाई ६० नम्बर दिइने प्राध्यापके बताए । प्राध्यापकले भनेजस्तो गरे पनि विद्यार्थीले नम्बर चाहिँ पाएनन् । किनभने, यो घटनापछि विश्वविद्यालयले मिङलाई निलम्बन ग¥यो ।
0 comments
Write Down Your Responses