Health
»
सिंहदरबार घेराऊ गर्न खोज्ने राजेन्द्र महतोलाई प्रहरीले हनुमानस्थानमै रोकेपछि…
सिंहदरबार घेराऊ गर्न खोज्ने राजेन्द्र महतोलाई प्रहरीले हनुमानस्थानमै रोकेपछि…

काठमाडौं, २ जेठ । संघीय गठबन्धनको सिंहदरबार घेराऊ आन्दोलनको नेतृत्व गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले हनुमानस्थानमै रोकेको छ।
सिंहदरबारको सबैभन्दा संवेदनशील मानिएको दक्षिणी गेटमा धावा बोल्न सदभावना अध्यक्ष महतो आफै सडकमा ओर्लिएर घेराबन्दीको नेतृत्व गर्दै थिए । मधेशी मोर्चाका वरिष्ठ नेताहरूसंगै सिंहदरबार दक्षिणी गेटतिर जान खोज्दा प्रहरीले महतो सहितका मोर्चाका अन्य नेताहरूलाई हनुमानस्थानबाट अगाडि बढ्न दिएका थिएनन् ।हजारौंको संख्यामा रहेका मधेशी मोर्चा र संघीय गठबन्धनका कार्यकर्ता र समर्थकहरू सहित सिंहदरबार दक्षिणी गेट सम्म पुग्न खोज्दा राजेन्द्र महतोलाई प्रहरीले कुनै हालतमा दक्षिणी गेट सम्म जान नदिने बताएपछि उनी आफ्ना समर्थकहरूसहित सडकमै धर्नामा बसेका छन् ।
महतो सहितका नेता कार्यकर्ता प्रहरीले लगाएको घेराबन्दी तोड्ने प्रयास गर्दा केहीबेर प्रहरीसंग झडप पनि भएको थियो ।
सिंहदरबार दक्षिणी गेट घेराऊको नेतृत्व गरिरहेका राजेन्द्र महतोसंगै सदभावनाका सह अध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपा नेपालका अध्यक्ष महेन्द्र राय यादव, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ, रामसपाका प्रवक्ता केशव झा आदि अहिले सडकमा बसेर धर्ना दिई रहेका छन् ।
0 comments
Write Down Your Responses