भारतीय मिडियाको हेडलाइन्-सभापति देउवाको भाषणले दिल्लीमा यस्तो तरंग ...
काठमाडौं, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भारत समर्थक पार्टी भएको दाबी गरिएको छ ।
भारतीय कम्पनीलाई दिने तयारी गरिएको काठमाडौं–तराई फास्ट ट्रयाक प्रोजेक्ट नेपाल सरकारले आफ्नै लगानीमा बनाउने भनेर गरेको निर्णयमा मंगलबार सभापति शेरबहादुर देउवाले संसदमै आपत्ति जनाएपछि भारतीय सञ्चारमाध्यमले कांग्रेसलाई भारत समर्थक दल भनेका हुन् ।
भारतीय रिपोर्टरहरुले समाचार, लेख तथा सम्पादकीय लेख्दै पछिल्लो समय नेपालमा भारतविरोधी भावना निकै बढेको र कांग्रेस मात्रै भारतको पक्षमा उभिएको उल्लेख गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेलेको र सबै वामपन्थीहरु चीनकै समर्थनमा रहेको भन्दै भारतलाई साथ दिने पार्टी नेपालमा अहिले कांग्रेसमात्रै भएको टिप्पणी गरेका छन् ।
देउवाले मंगलबारको संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै काठमाडौं–तराई फास्ट ट्रयाक प्रोजेक्ट विदेशीलाई नदिने र नेपालले आफ्नै लगानीमा बनाउने निर्णयले अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश दिने भन्दै विरोध गरेका थिए ।
भारतीय चर्चित पत्रिका मिड-डेमा मनोज जोशीले लेखेका छन्- नयाँ सत्ता गठबन्धनको प्रयास अनुमान मात्रै होइन, भारतले नै त्यो योजना बनाएको हो । ‘भारत पक्षीय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण गराएर माओवादी पार्टीका महामन्त्री कृष्णबहादुर महरालाई समेत सँगै राखेर त्यस्तो योजना बनाइएको थियो ।’
नेपालका राजनीतिक पार्टीहरु मध्ये नेपाली कांग्रेस मात्रै भारत पक्षीय हुन सकेको उनको लेखमा उल्लेख छ ।


0 comments
Write Down Your Responses