आमा सुस्मिता के सी ले बनाएको फिल्ममा किन छैनन अनमोल ?

काठमाडौं । अनमोल केसीकी आमा तथा नायिका सुस्मिता केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ को फस्ट लुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्ट लुकमा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई देख्न सकिन्छ । अहिलेका स्टार अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त तिम्रै हुँ’ मा अनमोल स्वयंले भने अभिनय गरेका छैनन् । यो चलचित्र साउन ७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । चलचित्रमा आकाश र ज्योत्सनाको अतिरिक्त सुस्मिता केसी सुशील काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य अभिनय रहेको छ । चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका छन् भने सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य, हिमाल केसीको द्वन्द्व, हर्कुलिस बस्नेतको संगीत रहेको छ । कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ चलचित्रको कथा स्वंम सुस्मिताको रहेको छ । यसअघि सुस्मिताले तँ त सार्‍है बिगि्रन नी बद्री’ को कथा लेखेकी थिइन् । भुबन केसीकी पूर्व श्रीमति सुस्मिता अहिले सिंगल छिन् । भुवन केसीकै लगानी रहेको करोडपति, नेपाली बाबु लगायतका फिल्ममा अभिनय गरेकी सुस्मिताले बाहिरी ब्यानरको फिल्ममा भने काम गरेकी छैनन् ।

0 comments

Write Down Your Responses