चीनबाट आयो नेपालका लागि महत्वपूर्ण सुझाव, पालना गरे धेरैको ज्यान बच्नेछ !
हार्बिन (चीन), २२ वैशाख । चीनको एक प्रमुख जहाज निर्माण कम्पनी एभिक (एभिएसन इन्डस्ट्रिज चाइना)मा कार्यरत वरिष्ठ विमान चालक चाओ फेङ देले नेपाली विमान चालकलाई मौसमको विचार गरेर मात्र उडान भर्न सुझाएका छन् ।
नेपालका लुक्ला, जुफाल, जोमसोम लगायत विकट क्षेत्रमा निरन्तर सात वर्ष विमान चलाएका चाओले भने- ‘नेपाल सानो देश भए पनि छिटो छिटो परिवर्तन हुने मौसम विमान चालकका लागि ठूलो चुनौती हो ।’उनले नेपालको यस्तो विशेषता आफूले सात वर्षको नेपाल उडानका क्रममा महसुस गरेको स्मरण गर्दै भने- ‘सुन्दा यो सुझाव सामान्य लाग्न सक्छ तर उड्नुअघि सबैतिरको मौसमको विचार गर्न सक्दा पनि धेरै दुर्घटनाबाट बच्न सकिन्छ ।’
सन् २००१ देखि एयर ड्र्यागनको विमान चलाएका उनले नेपालमा पछिल्लो समयमा बढ्दै गएको जहाज दुर्घटनाका सन्दर्भमा सो सुझाव दिएका हुन् । ‘नेपाल सानो छ, त्यहाँको मौसम पनि संसारको तुलनामा अलौकिक र राम्रो छ तर छिटो छिटो परिवर्तन हुने र थोरै दूरीमा पनि फरक मौसम हुनु पनि हवाई यातायातका लागि भने चुनौती हुने गर्छ’, उनको भनाइ छ ।
dainiknepal


0 comments
Write Down Your Responses