आइपिएलको बाजीमा श्रीमती नै हारेपछि..

एजेन्सीः इण्डियन प्रिमियर लिग (आइपिएल) मा एक भारतीय पुरुषले बाजीमा श्रीमती नै हारेका छन् ।
आइतबार आइपिएलको नवौँ संस्करणको फाइनल खेल सकिँदा बाजी राख्दाराख्दै सम्पूर्ण सम्पत्ति सकेका पुरुषले श्रीमती नै बाजी राखेको भारतीय सञ्चार माध्ययमले जनाएका छन्।
आइतबारबाट आइपिएल क्रिकेटको चर्चा सकिएपछि श्रीमती बाजी राख्ने युवाको चर्चा सुरु भएको छ ।
शेयर बजारमा कारोबार गर्ने सिंहले श्रीमतीलाई नै बाजी थापेको भारतीय प्रहरीले जनाएको छ । प्रहरीले श्रीमती बाजी थाप्ने सिंहको खोजी भइरहेको जनाएको छ । विवाह लगत्तै सिंहले श्रीमतीका सम्पूर्ण गरगहना शेयर बजारमा लगाएर डुबाएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
भारतीय सञ्चार माध्ययमका अनुसार भारतको उत्तरप्रदेशको कानपुरका रविन्द्र सिंहले आइपिएलमा श्रीमती नै बाजी राखेका हुन् ।
सिंहले आइपिएलमा बाजी राख्दाराख्दै सबै सम्पत्ति सकिएपछि श्रीमतीलाई नै बाजी थापेको समाचारमा उल्लेख छ । उनले श्रीमती समेत हारेको समाचारमा जनाइएको छ ।
सिंहले पाँच वर्ष अघि विवाह गरेकी श्रीमतीलाई बाजी राखेको सार्वजनिक भएको छ ।
बाजी जित्नेले सिंहकी श्रीमतीलाई महिला अधिकारकर्मी र प्रहरी गुहार्न आग्रह गरेपछि यो घटना सार्वजनिक भएको समाचारमा उल्लेख छ ।
प्रहरीले श्रीमती बाजे राख्ने सिंहको खोजी गरिरहेको समाचारमा जनाइएको छ ।
0 comments
Write Down Your Responses