के तपाई नियमित वीर्य स्खलन गर्नुहुन्छ? हेर्नुहोस यस्ता छन् फाइदा ....

वैशाख । पछिल्लो समय यौनप्रति आम मानिसको सोच फराकिलो बन्दै गएको छ । तर पनि यौनका विषयमा कुण्ठा जमाएर बस्ने युवा पुस्ताको जमात पनि सानो छैन । यौनलाई ठूलो विषय बनाएर संक्रिण सोच राख्ने धेरै मानिसहरुमा मानसिक समस्याहरु समेत देखिदै आएको विभिन्न अनुसन्धानहरुबाट खुल्न आएको छ । अझ सेक्सको विषयमा कुरा गर्ने हो भने धार्मिक दर्शनदेखि विभिन्न धार्मिक गुरुहरुले समेत अनेक परिभाषा र व्याख्याहरु गर्दै आइरहेका छन् । तर ती व्याख्याहरुलाई केही पर राखेर विज्ञानको तर्कलाई आधार मान्दा सेक्सलाई जर्वजस्ती लुकाएर कुण्ठा जमाउने विषय बनाउनु भन्दा यसलाई सभ्य रुपले प्रस्फुटन गर्दा स्वास्थ्यलाई समेत फाइदा पुग्ने दाबी गरिएको पाइन्छ । यसै मध्ये हालै गरिएको एक सर्वेक्षणका अनुसार वीयस्खलन गर्दा मानिसको स्वास्थ्यमा फाइदा पुग्ने निष्कर्ष बैज्ञानिकहरुले निकालेका छन् । जुनसकै तरिका अपनाएर भएपनि वीर्य स्खलन गराउने पुरुषहरुमा प्रोस्ट्रेड क्यान्सर हुने जोखिम कम रहने सर्वेक्षणमा सहभागीहरुले दाबी गरेको एजेन्सीहरुले जनाएका छन् । १९२२ देखि २०१० सम्म गरिएको सर्वेक्षण अनुसार करिब ३२ हजार भन्दा बढी पुरुषहरुमा अध्ययन गर्दा ४ हजार पुरुषमा पोस्ट्रेड क्यान्सर देखिएको थियो सर्वेक्षण रिपोर्टमा भनिएको छ । २० वर्षभन्दा कम उमेरमा प्रतिमहिना २१ पटक स्खलित हुने पुरुषमा पोस्ट्रेड क्यान्सर लाग्ने जोखिम १९ प्रतिशतले कम रहेको पाइएको थियो । ४० वर्ष पुग्नु अघिसम्म स्खलन गरिरहने पुरुषमा यसको जोखिम २२ प्रतिशत भन्दा कम रहेको जनाइएको छ । प्रत्येक महिना ३ पटक वा सो भन्दा कम वीर्य स्खलन गर्ने पुरुषमा पोस्ट्रेड क्यान्सरको जोखिम वा अन्य रोग लाग्ने सम्भावना उच्च रहेको अध्ययनको क्रममा फेला परेको थियो । यो अध्ययन अमेरिकाका हावर्ड विश्वविद्यालयको स्वास्थ्य सम्बन्धि विभागले गरेको थियो । यद्यपी कुनै पनि काम वा प्रवृत्तिलाई आवश्यकता भन्दा बढी महत्वका साथ गरियो भने फाइदासँगै असरसमेत पु¥याउन सक्छ ।

0 comments

Write Down Your Responses