सिआइबीद्वारा गोमा एयरका नक्कली पाईलट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पाइलट बनेको भन्दै गोमा एयरका को(पाइलट विशाल कार्कीलाई पक्राउ गरेको छ ।
धनुषा भरतपुरका कार्कीलाई सिआइबीले ललितपुरबाट पक्राउ गरेको जनाएको छ ।
काठमाडौंको अस्कल क्याम्पसमा आइएससी पढेको नक्कली शैक्षिक प्रमाणपत्र बनाइ उनले फिलिपिन्समा पाइलट कोर्स पढेका थिए । उनको इजाजत पत्र नम्बर सिपिएल (ए) ४८६ हो ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पाइलट बनेका थप व्यक्तिको खोजी जारी रहेको सिआइबीले जनाएको छ ।


0 comments
Write Down Your Responses